Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भौगोलिक परिवेश तराईको खेतीयोग्य फाँट छ । कोशी र नारायणी जस्ता ठूला नदी पनि छन् तर सिञ्चाई नपुग्दा ती फाँटले दिनु पर्ने उत्पादन दिँदैनन् । कृषिमा निर्भर जनताले राज्यको साथ पाउँदैन । समयमा मल, बिउ दिलाउन संघको मुख ताक्नु पर्ने बाध्यता हटाउन मधेश प्रदेमा सरकार छ । तर त्यो सरकारले जनताको मर्म बुझ्दैन । काँधमा गम्छा एक सरो पोशाकले मधेशको पहिचान गराउन खोज्ने राजेन्द्र र गजेन्द्रहरूले मधेश केन्द्रबाट हेपियो भन्थे । उपेन्द्र यादव डा. सिके राउत पनि थपिएका छन् । तर तिनले लोकतन्त्र स्थापनापछि मधेशको समस्या स्थायी रूपमा समाधान गर्न केन्द्रको शासक बन्दा पनि चासो दिएनन् ।
रास्वपा सांसद अमरशेकुमार सिंह हिजो जति आक्रामक थिए आज पनि उस्तै छन् । दल फेरियो, अमेरशको मधेश मुक्तिको आवाज सुनिएन भन्ने असन्तुष्टि छँदैछ । संघमा ३२ प्रदेशमा ६४ प्रत्यक्ष सांसद छन् । दलीय मतका आधारमा ४५ जना सांसद समानृुपातिक रहेको मधेश प्रदेशकै नागरिक प्रधानमन्त्री छन् । तर जन सरोकारका विषयमा गम्भीरता नभएको आरोप छँदैछ । त्यही प्रदेशमा दाइजोका कारण छोरी चेली मारिन्छन् । मिटरब्याज र साहुकरको शोषणमा जनता पर्छन् । लोकतन्त्रको सिङ जुरो आउँदैन । नेताको आचरण बदलिएको छैन । मधेश प्रदेशको सरकारको नेतृत्व मधेशवादी दलले नै गरे पनि गरिबले राज्यबाट पाउने अवसर भनेको सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले श्रम गरेर बाँच्दै आएकी बविता पासवानको सुत्केरी बेदना सडकमै छ्यालब्याल हुनुले मधेश कस्तो छ छर्लङ्ग बनाएको छ । राजदूत त मधेशले पाएकै छ, मन्त्री पनि लिएकै छ । गणतन्त्र आएपछि अमरेशकुमार सिंह सधैं सांसद छन् । संघीय सरकारलाई हिजो उनैले झकझक्याउन सक्थे । उपराष्ट्रपति मधेशी, प्रम मधेशी, उपसभामुख मधेशी, मुख्यमन्त्री मधेशी, अमरेशकुमार जस्ता ३२ सांसद मधेशी नै हुन् । तिनैमध्ये मन्त्री पनि छन् । तर अमरेशलाई संघीय सरकारले हेपेको महसुस भएछ । सांसद सिंहले वरमझियाको पेडा घुस पु¥याउन नसक्दा सिंहदरबारको शासन ज्वागलबाट चलेको बताएका छन् । प्रमका सल्लाहकारले दिल्लीको लिला प्यालेसमा बसेर के सन्देश ल्याए गोप्य किन राखियो ? उनी भन्दै थिए । भ्रष्टाचारको भण्डाफोर गर्ने अमेरशकुमार आफैं भारतीय गुप्तचरका खेताला हुन् । उनले प्रचण्डसँग पनि बार्गेनिङ गरेका थिए । काँग्रेसभित्र पनि गल्तीलाई गल्ती भन्दा सत्तामा पुगेकाहरू उनीसँग रिसाउँथे । बालेन्द्रलाई शुरुमा प्रम बनाउनुपर्छ भन्ने अमरेश थिए । तर उनले परराष्ट्रमन्त्री पाएनन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री स्वीकारेनन् । जुन मन्त्रालयमा हरेक उद्योगी जोडिएका छन् । विवाद त्यही हुन्छ, कमाई त्यही छ । कर छल्ने राज्यलाई ठग्ने अनुहार राष्ट्रिय उद्योगपति भएको मुलुकमा निजी क्षेत्रको बेइमानी र गद्दारीप्रति दलीय सतर्कता हुन्न । बालेन्द्र सरकारले यस्ता कुरा बुझ्दैन । ऊ आदेश दिन्छ, पक्रन्छ, छोड्छ । दलका नेतालाई किनेर स्वार्थका निर्णय गर्ने उद्योगपतिहरू सांसद बन्ने विद्यालय सञ्चालकहरू सांसद बनेर निजी स्कुलको पक्षमा ऐन कानुन बनाउने जस्ता विकृति संविधानसभामाबाट नै चम्काइएको हो । गणतन्त्रको नाउमा माफियातन्त्र चर्काउने व्यवस्था दलीय भ्रष्टाचारले भिœयाएको हो । अमरेश यस्ता कुरामा जानकार छन् । बालेन्द्र सरकारको छ महिने अवधिमा जनतालाई राज्यबाट केही पाएका छैन् मधेशले पाएन भन्नै पर्दैन । त्यही आक्रोश सांसद अमरेशले प्रकट गर्दा पार्टीलाई बास्ता नगर्ने प्रधानमन्त्री जस्ता ढोगीलाई अप्ठ्यारो परेको हो । यो सरकारबाट सिंहदरबार पोल्ने खराने समूहको बहिर्गमन जरुरी छ । भोटेकोशी बाढीले मात्र प्रमको पद जोगिएको हो । अब उनलाई उनैको अल्गोरिदमले सक्छ ।
२०८३ आश्विन २८
ताजा नेपाल
२०८३ आश्विन २८
ताजा नेपाल
२०८३ आश्विन २८
ताजा नेपाल