Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनिषाले हलो बोक्दा उठेका प्रश्न

  • अर्जुन ज्ञवाली

गतहप्ता राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै बीपी कोइरालाकी नातिनी प्रकाश कोइरालाकी सुपुत्री चर्चित अभिनेत्री मनिषा कोइरालाले यो निर्वाचनमा सार्वजनिक रुपमा राप्रपालाई मत दिन आग्रह गरिन् । उनको यो सार्वजनिक अभिव्यक्तिपछि विभिन्न टिका टिप्पणीहरू चलिरहेका छन् । यस विषयमा जतिसुकै टिकाटिप्पणी गरिए पनि एउटै शक्ति केन्द्रका फरक फरक पात्रहरूले कसैले समर्थन गर्ने र कसैले विरोध गर्ने गरेजस्तो नाटक मञ्चन गरेर जनतालाई दिग्भ्रमित बनाउन प्रयत्न गरिरहेका छन् ।
पहिलो संविधानसभाको निर्वाचनपछि गणतन्त्र घोषणापूर्व स्व. इन्द्र लोहनीले कान्तिपुर टेलिभिजन मार्फत चलाउने बहस कार्यक्रममा तत्कालिन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले भारत र त्यहाँको गुप्तचर संस्था रअको इशारामा साँस्कृतिक राजा राख्न सकिने अभिव्यक्ति दिएका थिए तर नेपालका मिशनरी मिडियाहरूले बाबुराम भट्टराईलाई बाह्र बुँदे र लोकतान्त्रिक गणतन्त्रको नीतिकार भनेर प्रपोगण्डा गरे । हिटलरका प्रचारमन्त्री गोयबल्सले हजार पटक झूटलाई दोहो¥याएपछि सत्य हुन्छ भनेजस्तै साना हुन् या ठूला बहुराष्ट्रिय कम्पनी नेपाली सेना र नेपाल प्रहरीको गुप्तचर विभागसँग समन्वय गरेर चलाइएका नेपालका सञ्चार मिडियाहरूले गोयबल्सले जस्तै बाबुरामको प्रचार गरे । विगतका कुरालाई धेरैले बिर्सने गर्दछन् । बाबुरामको त्यो अन्तर्वार्ता अहिले पनि खोज्ने हो भने युट्युबमा पाउन सकिन्छ ।
यतिमात्र कहाँ हो र, माओवादी हिंसामा नेपालका मठ मन्दिर, धर्मगुरुहरूको हत्या गर्न युरोपियन चर्चहरूबाट १४ अर्ब सहयोग जुटाएको सगर्व सार्वजनिक गर्ने नेपाल चर्च मण्डलीका अध्यक्ष माओवादीद्वारा राष्ट्रिय मानवअधिकार आयोगमा नियुक्ति समेत गरिएका डा. केबी रोकायले हिन्दू राजा र राजतन्त्रको आवश्यकता रहेको अभिव्यक्ति पनि दिइरहेकै छन् । त्यतिमात्रै कहाँ हो र, नेपाल एकीकरणको बदला लिन आफूलाई जुम्लि राजा सुभान शाहीको सन्तती भन्ने प्रेमबहादुर शाही (प्रेम कैदी) जसले सर्वप्रथम नेपालमा पश्चिमाहरूको मिशनअनुरुप कर्णाली मुक्ति मोर्चा खोलेर जातिवादी र क्षेत्रीयतावादी विजारोपण गर्न भूमिका निभाएका थिए उनी नै अहिले सबैभन्दा चर्को राजावादी बनेर देखा परेका छन् । यहाँसम्मकी कुनै समय प्रथम गणतन्त्रवादी भनिएका सीआइए एजेन्ट रामराजाप्रसाद सिंहको नव जनवादी मोर्चाको पनि कैदी उपाध्यक्ष बनेका थिए । २०५९ पछिको राजाको प्रत्यक्ष शासन कालमा दरबारले प्रधानमन्त्रीको आह्वान गर्ने क्रममा प्रेमबहादुर शाहीलाई प्रधानमन्त्री बनाए समस्या हल हुन्छ भन्दै माओवादीका उग्रजातीवादी नेता गोपाल किराँतीले दरबारमा निवेदन पत्र पठाएका थिए । प्राइम टेलिभिजनमा ऋषि धमलालाई एउटा अन्तर्वार्ता दिने क्रममा पूर्व माओवादी र वर्तमान नेकपा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले तपाईंको कम्युनिष्ट राजनीति गुरु को हो ? भन्दा उनले पुष्पलाल, केशरजंग रायमाझी, मोहनविक्रम सिंह, मोहन वैद्यको नाम लिएनन् मेरो राजनीतिक गुरु प्रेम कैदी हो भने । उनै प्रेम कैदी महायोगी गुरु गोरखनाथ र राष्ट्रगुरु नरहरिनाथको नाम लिँदै हिँडिरहेका छन् । यो पनि नेपाली समाजका लागि कुनै आश्चर्यको विषय रहेन । पशुपतिनाथमा रहेको भारतीय भट्ट पुजारी मल्लहरूलाई मीठो तरकारी खुवाएर भएका हुन् र त्यहाँ नेपाली पुजारी हुनु पर्छ भनेर योगी नरहरिनाथले आन्दोलन चलाउँदा उहाँका गतिविधिका बारेमा जासुसी गर्दै सूचना दरबार, भारत र पश्चिमालाई प्रेम कैदीले दिएको कुरा स्वयं योगी नरहरिनाथद्वारा तत्कालिन अवस्थामा पशुपति सेना नेपालको नामबाट वितरित पर्चामा प्रष्ट रुपमा उल्लेख गरिएको छ ।
उनै पात्र योगी नरहरिनाथको नाम लिएर हिँडिरहेको पनि देखिएकै छ । जब जब भूगोलमा हिन्दू धर्मको एजेन्डा उठ्दछ । दरबार वरिपरिको सीआइए गिरोहले केबी रोकायलाई अगाडि सार्दछ । यसैगरी जब राजतन्त्रको एजेन्डा भूगोलबाट उठिरहेको छ यो अवस्थामा रविन्द्र मिश्र र मनिषा कोइराला जस्ता पात्रहरू केबी रोकायलाई हिन्दू धर्मको एजेन्डामा र प्रेम कैदीलाई योगी नरहरिनाथको नाममा उतारिएजस्तै एउटै शक्ति केन्द्रले फरक फरक रुपमा उतार्ने गरेको छ । त्यतिमात्रै कहाँ हो र, ०६२÷०६३ पछि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक तोड्ने र पृथ्वीनारायण शाहको एकीकरण विरुद्ध माओवादी व्यानरमा बृहत अभियान चलाइयो । यो अवस्थामा खगेन्द्र सिटौला, त्रिभुवन विश्वविद्यालय एसियाली अनुसन्धान केन्द्र सिनासका प्राध्यापक पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका स्वकीय सचिव पेशलकुमार निरौलासहितको टिमले पृथ्वीनारायण शाह राष्ट्रिय एकता अभियानलाई नीति र एजेन्डासहित जनतामा लगेपछि त्यो स्थापित हुन पुग्यो । जब एजेन्डा स्थापित हुन पुग्यो दरबार र सेना वरिपरिको पश्चिमा घेराले पशुपतिनाथ उखेल्नुपर्दछ, गोर्खा नेपाल एकीकरण होइन विस्तार हो भन्ने बीपी कोइरालाकै नातिनी मनिषा कोइरालालाई पृथ्वीनारायण शाह र हिन्दू धर्मको नाममा मैदानमा उतारियो ।
यस प्रकारका शक्ति केन्द्रका घिनलाग्दा षड्यन्त्रहरूलाई सामान्य नेपाली जनताले थाहा पाउने कुरै भएन । यस कारण जनतालाई दिग्भ्रमित पार्नका निम्ति यस प्रकारका पात्रहरू यो वा त्यो नाममा एउटै शक्ति केन्द्रबाट क्रियाशील रहेका छन् । मनिषा कोइरालाको पछिल्लो अभिव्यक्ति पनि त्यसैको निरन्तरता हो । हो, आफ्ना अभिव्यक्तिहरू व्यक्त गर्न सबै नेपालीहरू स्वतन्त्र छन् र त्यो स्वतन्त्रता मनिषा कोइरालालाई मात्र होइन सबैलाई छ । प्रश्न के हो भने, नीति र एजेन्डा विहीन पात्रहरू खडा गरेर एजेन्डालाई पश्चिमा शक्ति केन्द्रभित्र कैद गर्ने चालबाजी अन्तर्गत नयाँ पात्रहरू सडकमा देखिएका छन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नक्कली ४० सूत्रीय एजेन्डा बुझाएर १७ हजार हत्या र पाँच हजार बेपत्ता, लाखौंलाई अपाङ्गता र घाइते बनाउँदै शेरबहादुरलाई अगाडि राखेर माओवादीले काँग्रेसलाई भोट मागेको पनि देखियो । टाउकाको मूल्य ५० लाख तोक्ने र तोकिनेहरूको लोकतान्त्रिक सहकार्य पनि देखिएकै छ । पशुपतिनाथलाई भगवान मान्दिन भन्ने गगन थापा, हातमा गिता र गाइको पुच्छर छोएर सामाजिक सञ्जालमा फोटाहरू पोष्ट गरेको पनि देखियो । आफ्नै आमाको क्रिया नगरेर दरबारमा प्रधानमन्त्रीको निवेदन हाल्ने होली वाइनका नेपाली एजेन्ट माधवकुमार नेपालले रुद्राक्षको माला लगाएर हिँडेको पनि देखियो । योगी नरहरिनाथलाई २०३४ सालमा नयाँ शिक्षाको विरोध गर्दा जेलमा हालेर करेन्ट लगाउने दरबारिया भारदारहरू गोरखनाथ मठमा धाइरहेको पनि देखिएकै छ । एक जना माओवादी युद्धकालका कमाण्डरले यो पंक्तिकारसँग भनेका थिए, अर्जुनजी सहिदले त के देख्नु बाँचे संसार देखिँदो रहेछ । अझै के के देख्नु पर्ने हो । २०६३ साल जेठ ४ गते चोरबाटोबाट क्रिश्चियन मिशनअनुसार धर्म निरपेक्षता घुसाउने तत्कालिन सभामुख एमाले नेता सुभाष नेम्वाङलाई दायाँ र होली वाइनका प्रवक्ता एकनाथ ढकाललाई बाँया राखेर एमाले अध्यक्ष केपी ओली पशुपतिनाथदेखि त्रिपुरेश्वरको शिव मन्दिरसम्म पुगेको पनि देखियो । समग्रमा भन्न खोजिएको के हो भने अहिले देखिएका पार्टी, दल या व्यक्तिहरू कुनै निश्चित सिद्धान्त, आस्था र विश्वासका आधारमा होइन अपराधी र पापीहरूको आत्म भड्किइरहेको हुन्छ । यस प्रकारका भड्किएका आत्माहरू आस्था र विश्वासका आधारमा होइन भड्किएका आतमाहरू लिएर विभिन्न रुप र रंग देखाइरहेकै छन् । तर यिनीहरूलाई के हेक्का छैन भने यो देश भैरवनाथ, मत्स्येन्द्रनाथ, गोरखनाथ, भगवन्तनाथ, चन्दननाथ, वैद्यनाथ, पशुपतिनाथलगायत ६४ योगिनी र देवीहरूको देश हो । यहाँ कति राजा आए, कति शासक आए गए । भारत एक हजार वर्ष मुसलमान र इसाइहरूको दास बन्दा होस् या अफिम युद्धमार्फत् चीन १०९ वर्ष विदेशीको घेरामा रहँदा होस् कैलाश मानसरोबर क्षेत्र हिमवत खण्ड अन्तर्गतको नेपाल सधैं स्वाधिन, स्वतन्त्र रहिरहेकै छ । विधर्मी र अपराधिक शासकहरूको ढिलो या चाँडो अन्त्य भएको विगतको इतिहास फेरि पनि दोहोरिने छ । यस्ता भड्केका आत्माहरूदेखि नेपाली जनता सचेत रहन जरुरी छ । सबैलाई चेतना भया ।