Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल भर्ना हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । अस्पताल भर्ना हुन जानु अघि प्रधानमन्त्री ओलीको सक्रियता बढेको छ ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ भने आजै उक्त बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक समेत बस्दैछ । बैठक सकेर अस्पताल जाने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री बैठकहरु सकिएपछि अस्पताल जानु हुनेछ, सायद साँझ नै हुन्छ होला, बालुवाटार स्रोतले भन्यो ।


सम्बन्धित समाचार