Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने

काठमाडौं । आजन मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः३० बजे डाकेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् । सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एक वर्षले थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । निर्देशक समितिको उक्त सिफारिसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने तयारी छ ।
यस्तै, रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा विभिन्न देशमा  खाली राजदूतमा सिफारिसका विषयमा पनि निर्णय हुन सक्ने बताइएकाे छ ।


सम्बन्धित समाचार