Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । सत्तारूढ गठबन्धन सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले मन्त्रिपरिषद् विस्तारका लागि आज पनि छलफलमा जुट्ने भएका छन् । हिजो बिहीबार पनि विभिन्न चरणमा छलफल गरेका गठबन्धनका नेताहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका हुने । हिजो दुई भिन्नाभिन्नै बैठक गरेका नेतहरूले आजको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउने समझदारी गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीका अनुसार हिजोको छलफलका आधारमा आज सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक केन्द्रित हुनेछ ।