Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन जिते, मत जित्न सकिन

काठमाडौं । काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकारीले १० हजार ३ सय ४४ मत प्राप्त गर्दा कांग्रेसकी रजनीले १० हजार १ सय ६६ मत प्राप्त गरिन । निवर्तमान मेयर अधिकारीसँग पराजित भएपछि रजनीले मत जित्न नसकेपनि मत जितेको बताएकी छिन् ।
ुमन त सबैको जिते तर केही मत जित्न अझै बाकी रहेछ । यस चुनावी माहोल र चुनाव पुर्व मलाई साथ सहयोग गर्नुहुने सम्पुर्ण टोखा नगरवासी, मेरो परिवार, इस्ट मित्र लगायत सम्पुर्ण नेपाली काङ्ग्रेस परिवारलाई हार्दिक आभार प्रकट गर्दछुु चुनावमा पराजित भएपछि उनले ट्वीटरमा लेखेकी छिन् । काठमाडौंमा नगरपालिकामा कांग्रेसबाट टिकट पाएकी उनी कान्छी उम्मेदवार थिइन् ।