Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । मलेसियाको श्रम विभागले रोजगारदाताद्वारा काम नदिई गुणस्तरहीन आवासमा राखिएका नेपालीसहित २२६ जना कामदारलाई सोमबार उद्धार गरेको छ । जसमा एक सय ६७ जना नेपाली र ५९ जना बंगलादेशी कामदार रहेका छन् । श्रम विभागले स्टार डोमोन रिसोर्स कम्पनीले बन्दरबारु निलाईमा दयनीय अवस्थामा राखिएका कामदारलाई उद्धार गरेको हो । उद्धार गरी उनीहरुलाई सरकारी सुरक्षित गृहमा राखिएको छ । सोही होस्टलमा गत चैत २४ गते बिहान ९ बजे म्यानपावर व्यवसायी सोलुखुम्वुका ४७ वर्षीय रिन्जी राईलाई झुण्डिएको अवस्थामा भेटिएको थियो । राई आफूले पठाएका कामदारको समस्या समाधान गर्न मलेसिया पुगेका थिए । मलेसियाको टुआनकु जफिर अस्पतालले राईको मृत्यु झण्डिएका कारणले मृत्यु भएको मेडिकल रिपोर्ट दूतावासलाई दिएको छ । राईकी पत्नी इन्द्रसुवाले प्रधानमन्त्री कार्यालय मार्फत किटानी जाहेरी दिएपछि नेपाली दूतावासले अनुसन्धान गर्न शनिबार नै प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो । दुई महिना अगाडि मलेसिया पुगेका कामदाराई स्टार डोमोनले काम दिलाउन सकेको छैन । उनीहरुको तलव पनि रोकिएको छ । लाखौं खर्च गरेर मलेसिया पुगेका कामदारले तलव र काम नपाएपछि तुरुन्त सम्बोधन गर्न म्यानपावर कम्पनीहरुमाथि पनि दबाब दिँदै आएका थिए । श्रम विभागले कामदारको लागि न्यूनतम सुविधा पनि नदिई राखेको भन्दै कम्पनीविरुद्ध कारबाही अगाडि बढाउने जनाएको छ । नेपाली दूतावासका अनुसार ९८० जना विदेशी कामदारको कोटा पाएकोमध्ये स्टार डोमोनलले नेपालबाट ५५५ जना ल्याउन मागपत्र प्रमाणीकरण गरेको थियो । जसमध्ये जेपी ओभरसिजबाट ५६ जना, मार्भेलस इम्प्लोइमेन्ट नेपालबाट ६५ जना र नुर ओभरसिजबाट ४६ जना गरी एक सय ६७ जना लगिएको हो । उनीहरु २० देखि ४० वर्ष उमेरका छन् । स्टार डोमोनले मलेसियन सरकारबाट तीनवटा क्लिनीङ कम्पनी र एउटा निर्माण कम्पनीको लागि विदेशी कामदार ल्याउने अनुमति पाएको थियो । कामदार लगेपछि पनि काममा लगाउन सकेको थिएन । त्यसमध्ये तीनवटा म्यानपावर कम्पनीका सञ्चालकहरु कामदारको समस्या समाधान गर्न मलेसिया आइपुगेको श्रम काउन्सलर भोलाप्रसाद गुरागाईँले बुताए । रोजगारदाता कम्पनीले काम नदिए पनि खाना खान भन्दै महिनाको दुई सय रिंगेट दिँदै आएको थियो । तर कामदारलाई खाना पकाउने ठाउँको अभाव हुनुका साथै अव्यवथित रुपमा राखिएको श्रमको हितको पक्षमा पैरवी गर्दै आएको नर्थ(साउथ इनिसिएटिभका सामाजिक कार्यकर्ता रमेशकुमार पजियारले बताए । नेपाली दूतावासका उपप्रमुख मोती श्रीषले कामदारको इच्छा अनुसार मलेसिया सरकारले कारबाही अगाडि बढाउने बताए । मलेसियाका मानव संशाधन मन्त्री शिवकुमारले घटनामा संलग्न रोजगारदाताविरुद्ध कानुन बमोजिम चारवटा मुद्दामा अनुसन्धान थालिएको बताए ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल