Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महराको सांसद सुविधा पनि खोसियो

ठमाडौं‌ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सदस्यका रूपमा पाउने सेवा सुविधा खोसिएको छ । संसद् सचिवालयले बिहीबार सूचनापत्रमा सूचना प्रकाशित गरी महरा पक्राउ सम्बन्धी जानकारी गराएलगत्तै महराले सांसदका रूपमा पाउने सेवासुविधा स्थगित भएको हो ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ९३ ० को प्रयोजनको लागी सोही नियमावलीको नियम २४४ को उपनियम ९२० बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ ।
संसद् सदस्यबाट निलम्बित हुन भने अदालतको अन्तिम फैसलाबाट दोषी ठहर हुनुपर्छ । नियम २४४ कै उपनियम (४) मा उक्त कुरा उल्लेख छ । कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्वन भएको मानिनेछ, उपनियम (४) मा भनिएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल