Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाअभियोग दर्तापछि ओलीले भने चुनाव भाँड्ने षड्यन्त्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै सत्ता गठबन्धनको यो कदमको निन्दा गरेका छन् । संसदमा महाअभियोग दर्ता भएलगत्तै अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको बताए । अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्रको एउटा हुनसक्ने आशंकासमेत गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले भने, ‘सत्तापक्ष र प्रतिपक्षकाबीचको सम्बन्धको तनाव शीथिल हुँदै गरेका बेला फेरि तनावग्रस्त बनाउने र वातावरण विथोल्ने षड्यन्त्रबाट यो महाअभियोग ल्याइएको छ । यो लोकतन्त्रविरुद्धको धरै गम्भीर कदम हो । अर्को भाषामा भन्ने हो भने गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।’ ध्यक्ष ओलीले एमाले यस्ता षड्यन्त्रको विपक्षमा रहेको समेत प्रष्ट पारेका छन् ।
एमाले अध्यक्ष ओलीले मुख्य चार विषय उठाएका छन् । जसलाई बुँदागतरूपमा उनले प्रष्ट पार्न खोजका छन् ।
– अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ । सत्ता पक्षले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको छ । यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।
– पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षका बीचको सम्बन्धमा रहेको तनाव शिथिल हुँदै गरेको थियो । फेरि तनाव बढाउने र तनावग्रस्त बनाएर वातावरण बिथोल्ने षड्यन्त्र यसमा देखिन्छ । यो लोकतन्त्रका विरुद्ध धेरै गम्भीर षड्यन्त्र हो । अर्को भाषामा भन्दा यो गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।
– सर्वोच्च अदालतलगायत राज्यका अंगहरूलाई आफ्नो स्वतन्त्र संवैधानिक भूमिकामा क्रियाशील हुन नदिने र चर्को दबाब तथा नियन्त्रणमा राख्न खोज्ने सत्ताधारीहरूको प्रयास हो यो कदम ।
– परमादेश जारी गरेर असंवैधानिकरूपमा एमालेलाई सत्ताबाहिर पुर्‍याउँदा पनि अदालतप्रति यिनीहरू सन्तुष्ट हुन नसक्नु झनै गम्भीर कुरा हो । सर्वोच्च अदालत सिपाही हो र हामी सत्ताधारी आईजीपी हौं । हामीले भनेको सिपाहीले आदेश मान्नुपर्छ भन्ने मान्यता यसमा प्रकट भएको छ । यो धेरै गम्भीर कुरा हो । अब एमालेले के गर्छ मैले यति भनेपछि अरु थप भन्नु परेन ।