Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशन प्रतिनिधिले नपत्याएपछि रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने

काठमाडौं । काँग्रेस महामन्त्रीको चुनावी मैदानमा पछाडिबाट दोस्रो स्थानमा पुगेपछि रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् भने प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । राजाराम कार्कीले ५९ मत ल्याएका छन् ।