Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गुम्सेको राजनीतिमा खेल्न सिपालु छन् । उनले जे बोल्छन् त्यो गर्दैनन् । लिखित सम्झौता अरुलाई गराउने आफू शासक बनेर श्री ३ के हैकम देखाउने उनैले हो । पद र कुर्सी छोड्न परे कुर्सी नै भाँच्ने धम्की दिने तिनै हुन् । काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा बेप्रसंगको केपी ओली फुटबलको पेले हो कोही माइकालालले हटाउन सक्दैन भन्ने धम्की विद्यार्थीका अगाडि दिने काठमाडौंका फ्याउरो कृष्ण गोपाल श्रेष्ठले यस पटक मन्त्री पाएनन् । प्रचण्डलाई राजनीतिक प्रशिक्षण दिने योगेश भट्टराई पनि केपी ओलीको प्रयोगवादी धारमा परे, अन्तमा उनलाई मन्त्रीमा छेक्न हिक्मत कार्की र शेरधन राई नै कोशी प्रदेशबाट आइपुगे । यस पटक प्रम केपीले काँग्रेसमा विभाजन गर्न नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धुकी नायका डा. आरजुलाई प्रधानमन्त्री दिने झैं गरी अब पहिलो महिला प्रधानमन्त्री बनाउने रहर छ भन्न भ्याए । एमालेको समृद्धि र विकास भनेको रु ८ अर्ब २६ करोड विद्युत महसुल नतिर्ने उद्योगीको महसुल मिनाहा गराउने काम हेरे पुग्छ । उनी आफू मात्र भुकेनन् बिल बिना कसरी भुक्तानी गर्ने भनेर बालुवाटार काण्डका आठ आने साहुजी अर्थमन्त्री विष्णु पौडेललाई पनि भुक्न लगाए । एमालेले सत्तामा रहँदा दीर्घकालिन हितको काम गर्दैन । प्रम अोली जे बोल्छन् त्यो गर्ने भए उनलाई महिला प्रम बन्ने बाटो खोज्ने समय थियो । जुन रूपमा ओली प्रम भए त्यो रूप यथावत छ । विद्युत प्राधिकरण, टेलिकम, आयल निगमलाई अब नाफामुलक बन्न ठाउँ राखिँदैन भन्ने कुरा लोडसेडिङमा २४ घण्टा बिजुली बालेर महसुल नतिर्ने देशघातीहरूको पक्षमा प्रमको बोली हो । केपी ओलीले दिन्छन् र राणा खलकबाट देउवा बनेकी डा. आरजु प्रम हुने कुरा विश्वास गर्नु हुँदैन । ओली ठाउँ पाएपछि के भन्छन् के गर्छन् भन्ने कुरा दलीय सहमतिमा बनेको प्रधानन्यायाधीश, सभामुख, राष्ट्रपतिलाई आफूले प्रस्ताव गरेर बनाएझैं गरे । जबकि सुशीला कार्की शुरुमा माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा सर्वोच्चको प्रधान्यायाधीशमा सिफारिश भएकी हुन् । विद्या भण्डारीलाई केपीले भन्दा पनि राष्ट्रपति महिला बनाउ भन्ने प्रचण्ड थिए । प्रचण्डले सहानाको प्रस्ताव गर्दा केपीले मानेनन् । प्रचण्डले नै विद्याको नाम लिँदा ओलीले विरोध गर्न सकेनन् । राजनीति कति दरिद्र र त्यागबाट बलियो भन्ने कुरा सिद्धान्त, नीति र कार्यक्रम भन्दा फरक ढंगले काँग्रेस जस्तो जनता विरोधीसँग मिल्ने कम्युनिष्टहरू पतन हुनु हो । प्रम ओलीले जोसँग मिलेर माओवादीलाई एक्लो बनाइदिने, साना दलहरूलाई फुटाइदिने सल्लाह गरे त्यस्ता चरित्रनै काँग्रेसमा धेरै भएनन् । देउवाको कृपामा पार्टी सभापति पद पाएको खण्डमा डा. शेखर, डा. आरजुलाई प्रम र पार्टी उपसभापति पद सुम्पन तयार छन् । किनकि देशको कलंक लाउडा र धमिजाकी नायक सुजता जोष्टहरूबाट डा. शेखरले साथ पाउने छैनन् । आफ्नो ग्यारेन्टी हुने भए डा. शेखर, डा. आरजु प्रम भएकोमा रिस नगर्लान् । देवर बाबुहरू पनि ¥याल चुहाएर पदकै गरिमा नराख्नेसँग भन्दा भारतीय साथ पाउने भएकाले आरजुसँग नाराज नहुन सक्छन् । अहिले काँग्रेस शिथिल छ । किनकि उसले संघमा डा. आरजु र दीपक खड्कालाई मन्त्री बनायो भने प्रदेशमा दीपक मनाङे, रोज राना, बादसाह कुर्मी, मिनकृष्ण महर्जन जस्ता बदनाम पात्र बोक्न जरुरी थिएन । बदनाम सरकारको हुने प्रधानमन्त्रीलाई महिला प्रम बनाउने रहर जागेका बेला ओली सरकारको छनक देखियो । जबकि देशमा वापमन्थी कित्तामाथि प्रहार गरेर प्रतिगामी तत्वसँग केपीको सम्बन्ध राम्रो देखियो । प्रत्यक्ष निर्वाचन लड्दा जनमत बचाए पनि सर्मनाक पराजयले डा. आरजु डराइन् । उनलाई गरिब, दुःखी राज्यको पहुँच नभएकाहरूले पाउने संसद पदमा स्थापितय गरिएको छ । कार्यकर्ता पंक्तिले नेतृत्वबाट जे चाह्यो त्यो पाएन । केपी भाषण मात्र गर्ने शेरबहादुर कुरा सुन्ने झुल्ने भएपछि प्रमको आफूले उच्च पदमा महिलालाई प्रोत्साहन गरेकामा आत्मरतिबाहेक केही देखिएन । उनले दलितलाई मन्त्री र राजदूत बनाउने पनि आफू भएको भन्न बाँकी छ । भ्रष्टाचार र वर्तमान गठबन्धनको साझा एजेन्डा बनेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल