Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । एमसीसीका बारेमा बाहिर र भित्री दुईथरि धारणा बनाएको सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने कार्यक्रम रहेको छ। बैठकमा आज बस्ने संसद बैठकमा आफ्ना सांसदले खेल्ने भूमिकाबारे छलफल हुने गुरूङले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउने छन्। यसैबीच प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्बन्धी प्रस्ताव समावेश छैन। तर सत्तारूढ नेपाली कांग्रेसले आजको बैठकमा एमसिसी टेबुल तयारी गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। माओवादी केन्द्रले संसदमा जारी अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी अघि नबढाउन भनिरहेको छ। ‘पार्टीको स्पष्ट धारणा छ– कि चुनावछि सारौं कि राष्ट्रिय सहमति कायम गरौं। त्यो नभई एमसीसी अघि बढाउने कुरामा हाम्रो पार्टी छैन’, एक नेताले भने।