Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी हुन् । शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन । कम्युनिष्ट पार्टीको नेतृत्व एमाले मात्रै गर्नसक्ने र माओवादी गैरराजनीतिक चरित्रको भएकाले एमाले रोजेको शर्माले बताए ।
सोमबार दाङ जिल्लामा माओवादीले गरेको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने राजीनामा दिएका थिए ।