Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी महासचिवमा तेस्रो व्यक्तिको खोजी

काठमाडौं। आठौं महाधिवेशन सकिएको आठ महिना पुग्न लाग्दा समेत माओवादी केन्द्रले हालसम्म पदाधिकारी टुंग्याउन सकेको छैन। माओवादीको १५ सदस्यीय पदाधिकारीमध्ये हालसम्म तीन जना मात्र चयन गरेको छ। लामोसमयदेखि माओवादीमा पदाधिकारी चयन गर्न नसक्दा गत असार १९ गतेदेखि पाँच दिनसम्म काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो। बैठकमा सहभागी केन्द्रीय सदस्यको ब्यापक दबावले पदाधिकारी चयन गर्ने एकल अधिकार प्रचण्डलाई दिएको थियो। तथापि दुई दिन बैठक लम्बाउँदा समेत उनले पदाधिकारी चयन गर्न सकेनन्। बैठकले केन्द्रीय समिति सदस्य थप, नयाँ वैकल्पिक केन्द्रीय समिति गठन, पोलिटब्यूरो र स्थायी समिति भने चयन गरेको थियो। यद्यपि स्थायी समितिले समेत अझै पूर्णता पाउन सकेको छैन। माओवादीले पदाधिकारी चयन गर्न अन्य पदमा सहजै सहज भएतापनि महासचिवको दाबी हालका अर्थ मन्त्री जर्नादन शर्मा र अर्का नेता वर्षमान पुनको दाबी पेचिलो बन्दै गर्दा दुई उपाध्यक्ष बाहेक अन्य चयन गर्न प्रचण्डलाई असहज भएको थियो। नेताद्वयलाई अन्यत्र व्यबस्थापन गर्दै महासचिवमा तेश्रो ब्यक्ति बन्ने सम्भावना बढेर गएको छ। लामो समयदेखि आन्तरिक गृहकार्यमा जुटिरहेका प्रचण्डले पार्टी भित्रका दुई प्रभावशाली नेताको दाबीले महासचिव चयन गर्न सकका थिएनन्। तर पछिल्लो समय अध्यक्ष प्रचण्डले महासचिवमा नयाँ तेश्रो ब्यक्तिलाई अगाडि सारेको बताइएको छ । माओवादी निकट स्रोतका अनुसार दुबै नेतालाई ब्यालेन्समा राख्न प्रचण्डले तेश्रो ब्यक्तिलाई महासचिव बनाउने तयारी गरेका छन्। उनले आफ्नो जापान भ्रमण सकाएर फर्के लगत्तै महासचिव सार्वजनिक गर्ने तयारी गरेका छन्। माओवादीमा महासचिव चयन गर्न नसक्दा कार्यकर्ता र नेतामा अन्यौलता सृजना भएको भन्दै आइतबार अधिकांश स्थायी समिति सदस्यले प्रचण्डको ध्यानाकर्षण गराएका थिए। तेश्रो ब्यक्तिमध्ये को बन्छ यसै भन्न नसकिने अबस्था छ । प्रचण्डको चाहना र उनको निर्णयमा भर पर्ने बताइएको छ । यद्यपि हरिबोल गजुरेलको संभावना रहेको स्रोतले जनाएको छ ।
पार्टीका सम्पूर्ण स्थायी समिति र पूर्वपदाधिकारीहरुले अधयक्षलाई दुबै नेताले दाबी नछोडेमा नयाँ विकल्पमा जानुपर्ने सुझाएकोले प्रचण्ड आफ्नो जापान भ्रमण सकाएर नेपाल फर्कने बित्तिकै महासचिव लगायत अन्य पदाधिकारी टुंगो लगाउने अन्तिम तयारीमा रहेको स्रोतले बतायो। यस्तै माओवादीले पाटीृको सम्पूर्ण अधिकार एकलरुपमा अध्यक्ष प्रचण्डमा निहित गर्ने समेत तयारी गरेको छ । ‘अध्यक्षको जापान भ्रमणको कार्यक्रम सकाएर नेपाल फर्के लगत्तै पदाधिकारी चयनको घोषणा हुन्छ सम्भबत २८ देखि ३० गतेसम्म नयाँ पदाधिकारी चयन भइसक्छ । पार्टीले हालसम्म पदाधिकारी चयन गर्न नसक्दा जनता र कार्यकर्तामा रामैो सन्देश गएन त्यसैले महासचिवमा अर्को ब्यक्ति चयन गरेरै भएपनि पदाधिकारी टुंगो लगाउने अध्यक्षले तयारी गरिरहनु भएको छ’, स्रोतले भन्यो। अब पार्टीको सम्पूर्ण अधिकार अध्यक्षमा केन्द्रीकृत गरेर जनयुद्धकालीन समयको नेतृत्व जस्तै बनाइने समेत बताइएको छ । सबैको सुझाबअनुरुप पार्टीकोसम्पूर्ण अधिकार अब एकलरुपमा अध्यक्षमा रहेन समेत स्रोतले जनकारी दिएको छ। प्रचण्ड यही २१ गते नेपाली जनप्रगतिशिल मञ्चको कार्यक्रममा सहभागी हुन जापान जाँदैछन्। उनी कार्यक्रममा सहभागी भएर २५ गते स्वदेश फर्कने तय भएको सचिवालयले जनाएको छ। जापानबाट फर्किए लगत्तै महासचिवका दाबेदार दुबै नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्नेगरी नयाँलाई महासचिवमा चयन गर्ने अन्तिम तयारीमा प्रचण्ड लागेको बताइएको छ।