Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव समूह अपेक्षाकृत भएन

सिद्दान्त र विचार होइन वैद्यता र कानूनी पाटो थिएन । सूर्य चिन्हको लाल मोहरले थलिएको एमाले पंक्तिलाई नेकपा समाजवादीले प्रदेश सत्तामा अप्ठेरो बनायो । तर स्थानीय सत्ता भने हल्लाउन सकेन । बनाउन कठिन छ, भत्काउन सजिलो छ । हिजो चुनाव जित्ने सबै बाम एक ठाम भन्ने हल्ला निकै चल्यो । त्यसको प्रतिफल राम्रै आयो । तर त्यो बचाउन केपि ओलीले चाहेनन् । राजनीतिमा कपटी व्यवहारमा दुष्ट त ओलीहरुको चरित्र न हो । ओलीले तीजमा साडी बाँडे, दर खुवाए । हनुमानहरुलाई भारतीय गुप्तचर रअको सहयोगमा पाएको मतबाट पैसा बाँडेको कुरा चर्चामा आयो । तर उनले पार्टीको सिद्दान्त, दर्शन, नीति कार्यक्रमको बहस चलाएनन् ।

एमाले गैर सरकारी संस्थाहरुको संरक्षण गरेर डलर भित्र्याउने कम्युनिष्ट थियो । श्रमको महत्व नदेख्ने श्रमीकको पिडा नबुझने जनताको बहुदलीय जनवादलाई लुटको साहरा बनाएको त्यो समूहमा ओली अध्यक्ष भएपछि जे जस्तो रुप केन्द्रदेखि संघिय सरकारहरुमा देखियो त्यो लुटले केपि ओलीका पछि लागेका दशभाईलाई छोएन । सांसद पद जोगाउनका लागि एमालेको नवौ महाधिवेशनबाट चुनिएकाहरुलाई पदको मोह भयो । तर ओलीले तीनलाई त वास्तै गरेनन् । बरु सुरेन्द्र पाण्डेबाट माधव नेपाल, टोप बहादुरबाट प्रचण्डको खेदो खन्ने काम भएको छ ।

माधव पक्षले संघिय सरकारमा बाजी मारेका छन् भने प्रदेश १,२ बागमति र सुदुर पश्चिममा राम्रो उपस्थिती देखायो तर कर्णाली, लुम्बीनी र गण्डकीमा प्रभाव धेरै भएन भन्दैमा निराश बन्नु पर्दैन । निर्वाचन जित्नु मात्र ठूलो होइन । विचारको कुरा एमालेले महत्व दिदैन । भ्रष्टाचार कमिशन मात्र होइन एमाले देशको सूचना सिआइएलाई बुझाएर पैसा कुम्ल्याउने ठूलो जमात ओलीको अघि पछि छ । पार्टी विभाजन भयो । माधव नेपालले पनि १५ वर्ष पार्टी चलाए । ओलीको जस्तो दुष्ट चरित्र त्यहाँ थिएन । समन्वयमा माधव सफल थिए । त्यही कारण ओली जस्तो गैर जिम्मेवार आफ्नो जिम्मेवारी पूरा नगर्ने, गुटबन्दी गर्ने नेतासँग पनि माधवले एमालेलाई देशकै ठूलो दल बनाए । हिजो मदन भण्डारीले मनमोहनलाई अगाडि लगाएर संगठन बनाए । मोहन चन्द्र अहिले पनि सडकमै छन् । तर ओलीले झापा आन्दोलनका ती हस्तीलाई वास्ता गरेनन् ।

ओलीले आफ्नै सरकार टिकाएनन् । पार्टी बचाएनन् बामपन्थी एकता र सहकार्यको ख्याल समेत गरेनन् । त्यही कारण सामुहिकतामा चल्नुपर्ने कम्युनिष्ट पार्टी गुटमा परिणत भयो । पद बचाउनेलाई सिद्दान्त र दर्शनको कुराको अर्थ छैन । राष्ट्रिय स्वाभिमान बोल्नका लागि हो । व्यवहार त चुच्चे नक्सा गायव पार्ने पुस्तक कुहाउने ओली शासनले देखायो । लिम्पीयाधुरा लिपुलेकको कुरा गर्नेले झापाको मेची किनारमा भारतले मिचेको सिमा तिर ध्यान दिएको भए के विग्रिन्थ्यो ? माधव पक्षले राजनीति संस्कार त सिकाउने छैन । मात्र नीतिगत भ्रष्टाचार रोक्ने हो कि भन्ने हो ।

देशभक्त भनिएको पार्टी देशघाती भएको छ । जहाँ विचार छैन तर साम्राज्यवादी र विस्तारवादीसँग मिलेर सत्ता स्वार्थसँग मात्र जोड्ने काम भएको छ । माधव समूहसँग जन प्रतिनिधि सोचे जस्तो भएनन् । तर प्रदेशका सरकारहरु धमाधम एमाले विहिन भएकै छन् । सिद्दान्त र विचार बिनाको पार्टी भेडीगोठ हो । त्यहाँ ओलीलाई भन्दा इश्वरलाई १० भाई एमालेमै फर्केकामा रिश छ । त्यसैले पनि विभाजीत पार्टी समाजवादीका दिन आउन सक्छन् ।