Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मानवअधिकार खोस्दै सरकार

काठमाडौं । अपराध जस्तो सुकै होस्, अनुसन्धानको प्रक्रिया सबैको बराबर हो । त्यसमा पनि पूर्व गृह तथा उपप्रम बनाउँदा यी नै प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको पात्र रास्वपाका सभापति रवि लामिछाने अहिले ओली काँग्रेसको शासनका मुल अपराधी झैं विभेद भएको छ । काँग्रेसका धनराज एमालेका ऋषिकेश सहकारी रकम अपचलनका सहभागी सरकारले अनुसन्धान समेत गरेन । तर रास्वपाका सभापतिलाई अनुसन्धान गर्ने नाममा ठाउँ सार्दै अमावनीय व्यवहार गरिएको छ ।
मध्यरातमा चितवनबाट पोखरा ल्याइएको विषयले नेपाल प्रहरीका आईजीपीलाई समेत तान्यो । रविलाई मध्यरातमा चितवन, पोखरा गर्नुको रहस्य के थियो । काँग्रेसका डा. शेखर कोइरालालाई मन परेनछ । शुरुदेखि असन्तुष्टि प्रकट गर्दै आएका छन् । तर संस्थापनले सुनेको छैन । डा. शेखर गुटबाट महासचिव जितेका गगन थापा नै संस्थापनको चमेनामा भुल्दा भूपेन्द्रजंग शाही चम्केका छन् । सहकारी छानविन प्रक्रियालाई यो सरकारले दबाएको छ । संसदीय छानविन समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा, बुटवल, काठमाडौं, चितवन, पर्सा जहाँ लगिन्छ त्यहाँ राजनीतिक तहमा रास्वपालाई फाइदा हुन्छ भन्ने कुरा सरकार पक्षले बुझेको छैन । मध्यरातमा चितवनबाट पोखरा ल्याइएको काण्ड चर्कंदैछ । काँग्रेस र एमालेले उप चुनावमा सर्लक्क डोको भर्ने दाउ रचेका थिए । तर तिनको लागि ठाउँ बढ्ला भन्दा घटेको छ । सरकारले रविमाथि पूर्ण रुपमा पूर्वाग्रही व्यवहार गरेको छ । एमालेका सांसद जापनमा मानव तस्करी गर्ने धन्दामा लाग्दा मन्त्री पद गयो, संसदका रुपमा उनी छन् अर्का सांसद ऋषिकेश पोखरेल र काँग्रेसका धनराज गुरुङमाथि कारबाही भएको छैन । नयाँ आएका र दश वर्षे युद्ध लडेर गणतन्त्र स्थापना गर्दै २३४ वर्षे परम्परागत राजतन्त्रको अन्त्य गर्न सफल नेकपा माओवादीका नेता आर्थिक रुपमा नगलेका भए शायद काँग्रेस र एमालेलाई जनताले ०७९को चुनावमा हराउँथे । नयाँ पार्टीका रेशम चौधरी, रवि लामिछानेदेखि मधेशका सिके राउतसम्म नपत्याउँदा भए । सत्ता र शक्तिका लागि तिनै पुराना दलसँग सम्झौता गर्न पुग्दा जनताले जबर्जस्त काँग्रेस र एमालेलाई सप्रन मौका दिएका हुन् । राश्वपाले सभापति लामिछानेमाथि लागेको सत्ता लिप्साको आरोप खण्डन गर्न सकेन । रवि आफू नागरिकता काण्ड र पासपोर्ट काण्डमा फसेपछि मन्त्रीमात्र होइन सांसद पद पनि खोसियो । त्यो बेला उनले आफू मन्त्री नभएपछि अरु मन्त्रीलाई फिर्ता गर्नु हुँदैनथ्यो । लामिछाने बरु प्रहरी सरुवा बढुवामा विवादमा आए तर अरु नेता र मन्त्रीले कुनै विवादका काम गरेका थिएनन् । आज रविका विरुद्ध कैलाश सिरोहियाको कान्तिपुर राष्ट्रिय दैनिक जसरी लागेको छ राज्य पनि त्यसैको पछि लागेको छ । सरकार पक्ष एमाले र काँग्रेसका नेता र सांसद जोगिने रविलाई ठाउँ सारी गर्दै सबैतिर घुमाउने सरकारको नीति भनेको शहरी क्षेत्रबाट काँग्रेस, एमालेको राजनीतिक धरातल गुमाउनु हो भन्ने कुरा स्थानीय तहको उपचुनावको परिणाम हो । राज्यले लामिछानेका पक्षधरहरूमाथि गरेको दमनको प्रतिफल आउँछ अन्य दल र नेताप्रति असहिष्णु प्रवृत्ति प्रधानमन्त्री केपी ओलीको आम पहिचान बनेको छ । प्रम आफैं गरिबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरण, कोराना कालको औषधि र उपकरण खरिद प्रकरण, पशुपति धर्मशाला भाडा प्रकरण, जलहारी प्रकण जस्ता दर्शन विवादित काण्डमा जोडिउका छन् । देशको राजश्वमाथि चुना लगाएर देशलाई प्रधानमन्त्री भएको चौथो महिनामै ८४ अर्ब ऋण बढाउने मुल पात्र नै प्रधानमन्त्री हुन् । जसले २२ अर्ब विद्युत महसुल नतिर्ने उद्योगीहरूलाई उचाले भने एनसेललाई रु ६ अर्ब मिनाह गराएर असफल शासकको पहिचान बनाएको कुरा संसारले थाहा पायो । यो देशको प्रमुख प्रतिपक्ष पनि नालायक भएकाले नेकपा एमाले जस्तो देशघाती शक्तिले कम्युनिष्ट पार्टीको नाममा जमनत लिएको हो । माओवादी पनि रक्त चन्दन तस्करी, सुन तस्करी जस्ता काण्डमा सहभागी भएकै हो । यो सरकार अरुको खेदो खन्छ तर आफ्नो अनुहार ऐनामा हेर्दैन । एमाले र काँग्रेसमा जस्तो सहकारी गठ अरु दलमा छैनन् । नियम संगत ढंगले निष्पक्ष कारबाही हुने हो भने पार्टी केन्द्र जिल्ला र प्रदेश तहका कार्यकर्ता र नेता बच्ने अवस्था छैन । सरकारले जे भन्छ त्यही प्रहरीले गर्ने हो । प्रदेश सरकारले सिफारिश नगरेसम्म प्हरीले कारबाही गर्न सक्दैन । सरकार कति नांगै भएको छ, त्यो देखिनेक्रम रवि प्रकरणले छर्लङ्ग हुँदैछ । राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको यो विषयले ओली सरकारको नग्न रुप झल्काउन थालेको छ । काँग्रेसको गृहमन्त्री छन्, काँग्रेसभित्र प्रहरीको अराजकताको प्रश्न उठ्नु चानचुने कुरा होइन ।

आयोगले बोलायो आइजिपी कुँवरलाई
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए । लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुव्र्यवहार गरेर लगेको आरोप रास्वपाको छ । मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान जहाजमार्फत पु¥याउन अनुरोध गरे पनि गाडीमै लगिएको भन्ने आरोप लगाएका थिए । यसबारे प्रश्न उठेपछि चितवन प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे खण्डन गरेको थियो ।