Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माफियाकै रक्षक बन्दै गयो सरकार: टाट पल्टिँदै अर्थतन्त्र

काठमाडौं । एमालेले जनताका लागि केही गर्दैन, उसले त विद्युत माफिया र भूमाफियाको सेवा गर्दछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व लिएपछि एमालेको प्रगति राज्यको ढुकुटीबाट भ्यू टावर निर्माण गर्ने तर सञ्चालनमा चासो नदिने बनेको छ । एमाले महंगी नियन्त्रण र भ्रष्टाचारका विरुद्ध गरेको विगतको आन्दोलन अहिले स्मरणमा मात्र सीमित छ । देशभर सडक ध्वस्त भएका छन् । एमालेकै भौतिक पूर्वाधारमन्त्री छन् काम गरेको भुक्तानी ठेकेदारले पाउँदैनन् । प्रधानमन्त्री मुखले समृद्धि भन्छन्, व्यवहारमा विकासको लहर आइसक्यो भन्छन्, तर जनताले परिणाम फेला पारेको छैन । एमाले कार्यकर्ताहरूलाई समृद्धि र विकासको लहरले छोएको छ भने कमिशन र विचौलियाको सहयोगले प्रभाव पारेको हुनुपर्दछ । १० रोपनी १४ आना जग्गा भाटभटेनीका साहु मीनबहादुर गुरुङसँग दान लिएर गिरिबन्धु टिइस्टेट र ललिता निवासको काण्ड दब्दैन । एमाले विरुद्ध विपक्षी राजनीतिक दलहरूले उठाएका यी आवाजहरूले आगामी दिनमा पार्टीको अवस्था कस्तो हुने हो नेतृत्वले चासो दिएको देखिँदैन । सरकारले राजश्व परिचालन गर्न सकिरहेको छैन । भन्सारमा कर्मचारी खटाउँदा सिन्डिकेटका आधारमा पठाउने प्रवृत्ति अहिले चर्किएको छ । जनतामाथि दोहन गर्ने काला व्यापारीहरू प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र भएका कारणले पनि कालो बजार नियन्त्रणमा नआएको हो । नेपाली काँग्रेसबाट जनताले खासै अपेक्षा गर्दैनन् । कम्युनिष्टका नाममा खडा भएका राजनीतिक शक्तिहरूलाई रोजगारी र विकासको योजना कार्यान्वयन गर्न फुर्सद मिलिरहेको छैन । ललिता निवास प्रकरणमा जोडिएका अर्थमन्त्री विष्णु पौडेल, सर्वोच्चका न्यायाधीश कुमार रेग्मीसँगै भाटभटेनीका मालिक मीनबहादुर गुरुङका विरुद्ध परेका उजुरीहरू कुनै बेला नखोतलिएलान् भन्न सकिँदैन । आफ्नो आम्दानीको श्रोतमाथि राज्य लाग्यो भने १०४ डिग्री ज्वारो आउने सरकारको नेतृत्वले अरुलाई भन्दा आफ्नो अनुहार ऐनामा हेर्न उचित हुन्छ । ओलीले नै एनसेलका शतिसलाल आचार्यलाई सघाए, ६ अर्ब राजश्व मिनाहा नै गरिदिए । विद्युतको महसुल तिर्नका लागि दबाव दिँदै विद्युत प्राधिकरणले पत्राचार गरेको पनि १५ दिन बितिसक्यो तर प्रधानमन्त्री ओलीको आड भरोसा पाएका व्यापारीहरूले आठ अर्ब २४ करोड महसुल अझै बुझाएका छैनन् । प्रधानमन्त्री ओलीले दया देखाएर व्यापारी वर्गप्रति देखाएको नरम पनले मुलुकका नागरिकका लागि प्रगतिशिल कानुनको कार्यान्वयन गर्ला कसरी ? कम्युनिष्टहरूले जनतासँग धुत्ने, आफू कुम्ल्याउने, धनाढ्यलाई पोस्ने गरेको कुरा लोकतन्त्र स्थापनापछिको यो अवधिलाई हेरे पुग्छ । निर्वाचनमा पैसा नहुँदा उम्मेदवार नै बन्न नचाहने एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यहरू महासचिव शंकर पोखरेलको पेलाइबाट पीडित छन् । महासचिवको नाताले लुम्बिनी प्रदेशका लागि पार्टीले छुट्याएको निर्वाचन खर्च ३७ लाख एक्लै प्रयोग गर्दा पनि माओवादीकी उम्मेदवार रेखा शर्मासँग पराजित शंकर पोखरेल अहिले अहिले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध योजनाबद्ध रूपमा लागिरहेका छन् । आफ्नै पार्टीभित्र एकले अर्काविरुद्ध शत्रुता प्रदर्शन गर्ने एमाले नेताहरूको चरित्रले मुलुकलाई चुच्चे रेल, पानी जहाज, ग्यास पाइप जस्ता हावादारी योनजा फैलाएर राजनीति कसरी टिकाउन सकिन्छ ? समयलाई बुझे हुन्छ ।


सम्बन्धित समाचार