Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माफियाको कब्जामा पर्यो सरकार

काठमाडौं । चुनावी भाषण गर्न सजिलो छ, व्यवहारमा उतार्न कठिन छ । नेकपाको शासनका नायक केपी ओलीले भाषण चार्कएकै थिए । तर यिनकै ४१ महिने कालमा स्थापित भएको नीतिगत लुटले ०७४ सम्म रु ७ अर्ब भएको ऋण ०७८ असारमा सत्ताच्यूत हुँदा रु २१ अर्ब कसरी पुग्यो ? यो कसको असक्षमताले भयो ? देशका अर्थशास्त्री दलका घोडा बनेका कारण सत्य बाहिर आउँदैन । माफिया समूह हिजो पनि बलबान थियो, आज झन बलबान भएको छ ।

०६३ पछि विनोद चौधरी, राजेन्द्र खेतानहरु भन्दा बलिया भएका चरित्रहरु हुन् एनसेलका सतिशलाल आचार्य, चिनिया एजेन्ट दीपक भट्ट, थाहा समूहका अजय सूमार्गी, एनआरएनका पूर्व अधयक्ष उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, यति समूहका स्व. आङछिरिङ शेर्पा, ओम्नी समूहका विशाल पण्डित, नारायणहिटी संग्रहालयका आनन्दराज बतास, हुकाम समूहका सुरज वैद्य र त्रिलोक अग्रवाल । यी सबै माफिया समूहको प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा एमालेका खड्ग ओलीसँग राम्रो सम्बन्ध रहेको छ ।

यिनले आफ्नो योजना नबिग्रियोस् भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्रम् पुष्पम् गर्ने मात्र हुन् । राष्ट्र बैंकको गभर्नर काण्डसँग जोडिएका पृथ्वीबहादुर शाहको ४० करोड अवैध सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्नुसट्टा कमिशन लिएर फिर्ता गर्ने योजना बनाउँदा अटेर गरेपछि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरियो । यद्यपि सरकारले उनलाई सरकारको सूचना चुहाएको आरोप लगाइरहेको छ ।