Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सो विशेष प्रस्ताव सहितको साधारण सभा डाकेको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र १० प्रतिशत नगद लाभांश पनि दिँदैछ। कम्पनीले तीन लाख कित्ता अग्राधिकार सेयरलाई साधारणमा परिणत गर्न प्रस्ताव साधारण सभामा लैजाँदैछ।
बोनस र परिणत भएको सेयरपछि कायम हुने चुक्ता पुँजीको हकप्रद जारी गर्दैछ। जस लगत्तै प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी दिएको हो।
राठी र गोयल ग्रुपको संयुक्त लागनी कम्पनीमा भेटिन्छ। नन्द किशोर राठी कम्पनीका अध्यक्ष हुन्। कम्पनीले हाल मारुती ब्रान्डमा मात्र ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ। कम्पनी विस्तारपछि पीपीसी उत्पादन गर्ने योजना बनाएको छ।
कम्पनीले सिमेन्ट नेपालभर नै बिक्री गर्छ र मुख्य बजार नारायणघाटदेखि नेपालको पूर्वी भागमा केन्द्रित छ। काँकडभिट्टादेखि नारायणघाट गरेर झन्डै २०० डिलरको नेटवर्क रहेको छ।
सन् २०२२ मा कम्पनीले ४ अर्ब ९४ करोडको व्यापार गरेको थियो। जुन अघिल्लो वर्षको भन्दा २७.९१ प्रतिशत घटेको थियो। निर्माण क्षेत्रको मन्दीले कम्पनीको आय प्रभावित थियो। सन् २०२१ मा ६ अर्ब ८६ करोडको कारोबार गरेको थियो। सन् २०२० मा ५ अर्ब ६३ करोड र २०१९ मा ७ अर्ब ५० करोड नाघेको रेकर्ड छ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल