Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मियो नै हल्लिएपछि मिल्छ त स्थिरता

काठमाडौं । देश चलाउने पार्टी र पार्टी चलाउने नेतृत्व ठिक हुन्थ्यो भने दुई बहुमतको सही सदुपयोग हुन्थ्यो र फेरि जनताले देशमा अल्पमतको सरकार चाहने थिएनन् । राजनीतिक अस्थिरता अन्त्यका निम्ति जनताले कम्युनिष्ट पार्टीलाई स्पष्ट बहुमत मात्रै होइन झण्डै दुईको भारी बोकाए पनि कम्युनिष्टका लागि त्यो मत बोकाको मुखमा कुभिण्डो बन्न पुग्दा कार्यकर्ता मात्रै होइन आम नागरिकमा निराशा छाएको छ ।

मियो ठीक भए मात्र दाई राम्रो हुन्छ । घरको मुली ठीक भए परिवार ठिक हन्छ । नायक ठिक छ भने राजनीति होस् वा प्रशासनिक क्षेत्र वा औद्योगिक प्रतिष्ठानको प्रगति देखिन्छ । मुलुक ठिक हुन शासक ठिक हुनु पर्छ । जहाँ शासक अनुशासनमा बस्दैन त्यहाँ सबैतिर भद्रगोल हुन्छ । अहिले नेपालका शासक ठिक छैनन् । त्यही कारण सबैतिर बिग्रेको छ । भ्रष्टाचारीको संरक्षण, गुटबन्दीको नायक हेपाहा शैली, अराजक चिन्तन, मुलुकप्रति नीति नियम र कानुनको ख्याल नगरी आफैं सर्बेसर्वा, आफैं सर्वज्ञानी र लुटतन्त्रको सिद्धान्तकार बन्दा दुई तिहाईको सरकारको समेत बदनाम हुँदा समेत तीनको चेत खुलेको छैन ।

प्रधानमन्त्री केपी ओली यो भद्रगोलको नायक हुन् । उनका विश्वास प्राप्तहरुले नेकपालाई गुटको केन्द्र बनाएका छन् । गुटको हित गर्ने कार्यकर्ता र जनताका हितमा पार्टीलाई चलायमान बनाउने सरकारका राम्रा जनप्रिय काम जनतासम्म पु¥याउने काम नै माउतेबाट भएन । माउतेले ख्याल नगर्दा नेकपाको सरकार दुई तिहाईको होस् कि पाँच तिहाईको जनसरोकारको अर्थ भएन । पार्टी अध्यक्ष समेत भएकाले उनको दायित्व पार्टी क्रियाशीलतालाई पनि जोड दिनु पथ्र्यो । तर उनले सत्ता चलाएको त्यो समयसम्म यो सरकार नेकपाको नेतृत्वमा चलेको छ भन्ने लाज भएको छ ।


सम्बन्धित समाचार