Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिर्गौला दायाँबायाँ गर्दा चार चिकित्सक पक्राउ

काठमाडौं । मानव अंग प्रत्यारोपण सहज नहुँदा भित्रभित्रै ठूला अपराधका घटना भइरहेका छन् । अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन् । उनीहरु शनिबार साँझ पक्राउ परेका हुन् । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार मिर्गौला प्रत्यारोपणको घटना एक वर्षअघिको हो । श्रेष्ठ कलेजका सिइओ तथा नेपाल मेडिकल काउन्सिलको सदस्य हुन् । श्रेष्ठ पक्राउ परेको बारे काउन्सिलले पनि अनौपचारिक जानकारी पाएको र औपचारिक जानकारी आएपछि आवश्यक निर्णय गर्ने स्रोतले जनाएको छ । मिर्गौला प्रत्यारोपणमा मतियार बनेको आरोपमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी र एक जना अधिवक्ता पनि पक्राउ परेका छन् । ब्यूरोले यसबारे विस्तृत विवरण आइतबार पत्रकार सम्मेलनमार्फत दिने तयारी गरेको छ ।