Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै, मंसिर १० गते विवाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूको विवाह आगामी मंसिर १० गते हुने भएको हो।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका मुकुल र निशाले अब आफ्नो सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन्। उनीहरूको प्रेम सम्बन्धबारे निकटस्थहरू जानकार रहे पनि दुवैले यसलाई सार्वजनिक गरेका थिएनन्।

निकटस्थहरूका अनुसार उनीहरूको टीकाटालोसमेत भइसकेको छ। विवाहको तयारीस्वरूप मुकुल आज काठमाडौं छाडेर झापा जाने कार्यक्रम छ।

मुकुलले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित निशाको घर जाने तयारी गरेका छन्। त्यसपछि दुवै वैवाहिक जीवनमा प्रवेश गर्नेछन्।

राजनीतिक वृत्तमा सक्रिय रहेका मुकुल र निशाको विवाहलाई उनीहरूका निकटस्थ तथा शुभेच्छुकहरूले चासोका साथ हेरेका छन्।