Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुक्तिनाथ विकास बैंकका ग्राहकले सूर्यविनायकका दुई स्थानमा छुट पाउने

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुकालागि दुई स्थानमा विशेष छुट पाउने सम्झौता गरेको छ।
बैंकले सूर्यविनायकको ह्वाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकल स्टोरका विबिध सेवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने सहमति गरेको हो।
सम्झौतापछि बैंकका भिसा कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकले दुबै स्थानका सेवा लिँदा छुट पाउने बैंकले जानकारी दिएको छ।
यसैगरी बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिजा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेशिनबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने पनि बैंकले जानकारी दिएको छ।