Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । दशैंको मुखमा तलव खुवाउन सकिन भन्दै स्वास्थ्य मन्त्री मोहन बस्नेतले २७६ जना डाक्टर नर्स विशेषज्ञलाई जागीरबाट निकालेका छन् । ५० जना एमविविएस डाक्टर २ जना विशेषज्ञ, १७ जना इर्मजेन्सी चिकित्सक, १५५ जना स्टाप नर्श, १० जना ल्याव र एक्सरे विभाग र प्याथोलोजीमा कार्यरत छन् । यीनै बस्नेत स्वास्थ्यमन्त्री भएपछि बेड शुल्क हटाए । अस्पतालको आम्दानी त्यही सुक्यो । त्यो सँगै अस्पताल बेड समेत हटाएको छ ।
जनशक्तिको अभावमा आईसीयू बेड पनि हटाईएको छ । जवकी राजधानीमा कुनै पनि वेला डेंगुको महामारी बढ्ने शंका छ । रगत, इर्मजेन्सी र ल्यावको काम ज्यालादारी र करार सेवाले धानेको वीर अस्पताल नै शासकहरुको तारो बन्ने गरेको छ । जवकी वीर अस्पतालमा ५ सय दरवन्दी खाली छन् । काँग्रेस र एमालेको सिगौरी खेल्ने क्षेत्र हो वीर अस्पताल । जहाँ आफन्त बिना कुनै विरामीले सेवा पाउँदैनन् । मन्त्री बस्नेतको मुर्खपनले वीर अस्पताल भुतबंगला बन्दैछ । काँग्रेसमा डनको उपाधी पाएका बस्नेत डा.शेखर कोइरालाको सिफारिसमा स्वास्थ्य मन्त्री भएका हुन् । उनी पहिले त्यो मन्त्रालयको राज्यमन्त्री बन्दा सरकारी गाडीमा गाईको गोबर बोकाएर चर्चित थिए । यस पटक के के न गर्ने झैं शुरुमा हल्ला चलाए बेड पनि निशुल्क गरे । अहिले २७६ स्वास्थ्यकर्मीको जागीर खोसेर आँफू पर्ने खाडल खन्दैछन् । औषधी माफीयासँगको उठवसले गनाउन पनि थालेका छन् । सरकारी लगानीको अस्पतालमा विरामीको सेवा हुदैन् । मृगौला रोगीको डाइलासिस हुदैन रक्त परिक्षण समयमा हुदैन भने त्यो अस्पताल होइन भुतबंगला हो । काँग्रेसले जनतालाई गर्ने सेवा यही हो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल