Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई १०० रुपियाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २ सय ९२ कित्ता र जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २ सय ९१ कित्ता शेयर छुट्याइएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
यसैगरी श्रमिकहरुले १ लाख ८ हजार ५ सय १७ कित्ता आईपीओका लागि आवेदन दिन सक्ने छन् । आईपीओका लागि फागुन २५ गते गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीयले भने ढिलोमा चैत ९ गतेसम्म आवेदन दिन पाउने छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल