Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेस्सीलाई मैदान फर्काउने राष्ट्रपति

एजेन्सी । क्लबका खेलमा विश्व चर्चित बनेका अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सी देशका लागि उपाधि जिताउन नसकेर हारथाक भइसकेका थिए । २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भयो । २०१५ को कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हरायो । २०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हा(यो । यसपटक पनि चिलीसँग हा(यो । यसपटक पनि टाइब्रेकरमै हा¥यो । आजित भएर मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास घोषणा गरेका थिए । मेस्सीका कतिपय आलोचकहरुले ‘ठिक्क भयो’ भनेजस्तो प्रतिक्रिया पनि दिएका थिए । तर उनका धेरै समर्थकहरुका लागि यो निर्णय धक्का थियो । यस घटनापछि मेस्सीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई पनि जान्छ । ‘फुटबललाई माया गरिने हाम्रोजस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवान्कै उपहारका रुपमा पाएको हो । हामी भाग्यमानी छौं, यो हाम्रो जीवनको एउटा ठूलो खुसी हो । लियोनल मेस्सी अर्जेन्टिनाका बहुमुल्य कुरा हुन् र हामीले उनको हेरचाह गर्नैपर्छ, म्याक्रीले भनेका थिए । राष्ट्रपति कार्यालयले नै सन्यास फिर्ताका लागि पुनर्विचार गर्न आग्रह गरेपछि मेस्सी फेरि खेलमा फर्किए । उनको कप्तानीमा अर्जेन्टिनाले आज २८ वर्षपछि कोपा अमेरिका जितेको छ । म्याक्री २०१५ देखि २०१९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी त्यहाँको प्रमुख पार्टीमध्येको एक रिपब्लिकन प्रपोजलका अध्यक्ष हुन् । २००५ मा यो पार्टी स्थापना भएदेखि नै उनी अध्यक्ष पदमा छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल