Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोदी इनर्जीको आईपीओ फागुन २५ गतेदेखि

काठमाडौं । मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले २९ करोड रुपियाँ बराबरको २९ लाख कित्ता शेयर आयोजना प्रभावित र ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लाई बिक्री गर्न लागेको हो ।
आयोजना प्रभावितहरुका लागि छुट्याइएको आईपीओमा पर्वत जिल्ला अन्तर्गत कुश्मा नपा ३, मोदी गापा वडा नं ५, २, ६ र कुश्मा नपा ८ का बासिन्दाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।
आईपीओ लागि छिटोमा चैत ९ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन पाइने छ । विदेशमा कार्यरत श्रमिकहरुले भने चैत ९ गतेसम्म मात्रै आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।