Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मौका कुरेका वामदेवले घोषणा गरे नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौं । पार्टी विभाजनको अवस्थामा पुगेपछि यता कि उताको अवस्थामा अवस्थामा रहेका नेकपा उपाध्यक्ष वामदेव गौतम फाइदाको खोजीमा छन् । उनी संसद ब्यूतिए माधव प्रचण्डतिर लाग्ने योजनामा छन् भने अदालतले प्रधानमन्त्रीको कदमलाई सही ठहर्याएको खण्डमा उपप्रधानमन्त्रीको सपना बुनिरहेका छन् ।
उपाध्यक्षसमेत रहेका वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान शुरु भएको जनाएका छन्। शनिवार एक वक्तव्य जारी गर्दै गौतमले अभियानको संयोजक आफू भएकोसमेत घोषणा गरेका छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा सत्ता र सडकमा दुई चिरामा बाँडिएको छ। सत्तापक्षलाई प्रधानमन्त्री ओलीले नेतृत्व गरेका छन् भने सडकमा ओर्लिएका पक्षलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले अगुवाई गरिरहेका छन्। यस्तो अवस्थामा आफू दुबै गुटमा नभएको र एकताको पक्षमा रहेको उल्लेख गर्दै गौतमले वक्तव्य जारी गरेका हुन्। वक्तव्यमा वामदेवले भनेका छन्, यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै क केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन्। प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनसर्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। साथै नीजि क्षेत्रका दर्जनभन्दा बढि कानूनविदहरु पनि विघटनकाविरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ। दुबै समूह नेपाल कम्युनिष्ट पार्टी नेकपालाई आफ्नो हक दावी गर्दै निर्वाचन चिन्ह्मा समेत आफ्नो दावी गरिरहेका छन् ।