Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२१ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११।२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ ।
कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १ अर्ब नजिक पुगेको छ । सोमबार कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ९९ करोड ६५ लाख रुपैयाँको भयो ।
यस दिन निर्जीवन बीमाबाहेकका सबै उपसमूहका सूचक बढे । सो उपसमूह भने १७ अंक घट्यो । प्रतिशतका आधारमा लगानी उपसमूह सबैभन्दा धेरै १।५१ प्रतिशतले बढ्यो । बैंकिङ २, विकास बैंक १५, फाइनान्स १९, होटल तथा पर्यटन ४०, जलविद्युत् ७, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ४७, लघुवित्त २१, अन्य १८ र ब्यापार उपसमूह २० अंक बढे ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल