Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसकारण बीपी, सुवर्णसमशेर र सी क्लास राणाहरू पनि दलित हुन्

  • अर्जुन ज्ञवाली

नेपालमा लामो समयदेखि पश्चिमा एनजीओ र आइएनजीओसँग जोडिएका इसाई मिशनरीहरूले जातको खेती गरिहेका छन् । जानेर वा नजानेर एकथरि यो जालोमा परेका छन् । रूपा सुनारको घटना पनि यसैको एउटा पाटो हो । अहिले विशेष गरेर पश्चिमी मिशनरीसँग जोडिएका पत्रिका, पत्रकार, कथित नागकिर अगुवाहरूले यसलाई उचालिरहेका छन् । यो उनीहरूको खेती हो । जबसम्म मानिसले म मानव हुँ नभनेर म दलित हुँ, म जनजाति हुँ, म फलानो जातको हुँ भनेर हिँड्छ तबसम्म कहिल्यै पनि छुवाछुत अन्त्य हँुँदैन । यसकारण रूपा सुनार वा उनलाई मोहरा बनाएर चिच्याउनेहरू नै जातियता, क्षेत्रीयता कायम राख्ने पश्चिमी मिशनका दलितहरू हुन् ।

नेपाली साहित्य जगतमा अत्यन्त प्रसिद्ध नाम हो, दाहाल यज्ञनीधि, उहाँ अहिले हामीबीच हुनुहुन्न । बीपी कोइरालाका अत्यन्त निकट दाहाल यज्ञनीधिसँग चर्चित पत्रकार टीकाराम यात्रीले यो पंक्तिकारसँगै अन्तरक्रिया गराउनुभएको थियो । बीपी कोइरालाको सन्दर्भमा जुन एभीन्युज टेलिभिजनको रेकर्डमा छ । अन्तर्वार्ताको १९ देखि २० मिनेटको समयमा उहाँले बीपीसँगको आफ्नो अन्तरंग संवादमा लमजुङबाट बीपी कोइरालाका पुर्खाहरूले सर्किनी महिलासँग विवाह गरेर सिन्धुली गएका थिए । यो कुरालाई घुमाउरो रूपमा बीपी कोइरालाले आत्मवृत्तान्तमा उल्लेख गर्नुभएको छ । पछि उहाँका पुर्खाहरू सिन्धुलीबाट बिराटनगर झरे । तर उहाँहरूले आफ्नो गोत्र र थर लेख्नुभयो, दलित खेती गर्नुभएन । यसकारण आज बीपी कोइराला र कोइराला परिवारलाई कसैले पनि सार्की या दलित भन्दैन । उनीहरूको विवाह पनि त्यसैगरी गर्दै आइरहेका छन् । त्यस्तै दरबारका राणाहरू ३ वर्गमा थिए । ए, बी, सी, विवाह गरेर ल्याएका ए क्लासका राणा थिए भने भगाएर ल्याएकाबाट जन्मिएका सन्तान बी क्लासका राणा थिए भने कामी, सार्की, पोडे, बादी आदिबाट जन्मिएका सी क्लास राणा थिए । तर, उनीहरूले दलित खेती गरेनन् ।

आफ्नो थर गोत्र राणा नै राखे । यसरी राणाहरूले विभाजन गरेपछि आफ्नो अपमान भएको महसुस गरेर सी क्लासका राणाहरू नेपाली काँग्रेसमा सामेल भए । ए क्लास राणाको शासनविरुद्ध बीपी कोइरालासँगै गोलबद्ध भए । सुवर्णसमशेर, महावीर समशेर हुन् या वर्तमान काँग्रेस सभापति देउवा पत्नी डा. आरजु राणा । यी सबै सी क्लासका राणा हुन् । अहिलेजस्तो दलित खेती चलिरहेको छ त्यसैगरी खोज्ने हो भने कोइरालाहरूलाई सार्की मान्नुपर्ने हुन्छ भने सी क्लासका राणाहरूलाई कामी, दमाई, पोडे मान्नुपर्ने हुन्छ । उनीहरूले आफूलाई कहिल्यै पनि निच हुँ भनेनन्, जनजाति भनेनन्, दलित भनेनन् । यसकारण उनीहरू समाजमा छुवाछुतबाट मुक्त भए । यसकारण दलित र जनजाति भन्ने मानसिकता हो ।

नेपालमा एक थरिको डलर खेती माध्यम बनेको छ, दलित, जतजाति, महिला, बाल र मानवअधिकारका नाममा । नेपाल मानवअधिकार संगठनका संस्थापक अध्यक्ष ऋषिकेश शाहका पुर्खा पनि पोडे हुन् । तर उनले कहिल्यै पनि आफूलाई पोडेको सन्तान भनेनन् । भीरकोटे राजा शाहकै सन्तान भने । यसकारण छुवाछुत कायम राख्नेहरू रूपा सुनार जस्ता म दलित हुँ, त्यस्तै अशोक राई जस्ता म जनजाति हुँ, त्यस्तै उपेन्द्र यादव जस्ता म मधेशी हुँ भन्नेहरू हुन् ।
बीपी कोइरालालाई त नेपाली काँग्रेसले महामानवको रूपमा मान्दछ । शेरबहादुर देउवालाई राणा खानदानमा विवाह गरेको उच्च घरानियाको रूपमा लिइन्छ । कृष्णप्रसाद भट्टराई र सूर्यप्रसाद उपाध्यायजस्ता अपवादबाहेक नेपाली काँग्रेस भनेको त यस्तै कामी, दमाई, सार्की, पोडेहरूकै पार्टी हो । तर उनीहरूले त कहिल्यै जातको राजनीति गरेनन् ।

यसकारण समाजमा छुवाछुत राख्नेहरू जातको राजनीति गर्नेहरू नै हुन् । किनभने उनीहरूमा त्यो मानसिकतै थिएन । यसकारण दलित र जनजाति भन्ने त मानसिकता हो । यसर्थ पहिला म फलानो जातको हुँ, म दलित हुँ, म जनजाति हुँ भन्ने मनबाट हटाउ । म ईश्वरको अंश हुँ । ईश्वरको अंशको रूपमा मानिस भएर जन्म लिएको हुँ । म आदिनाथ शिवको परिवार हुँ । अन्ततः मृत्यु छ र त्यसपछि भगवान शिवमै विलय हुने हो । यो धर्तीमा अवतरण त सतकर्म गर्न हो । मनबाट दुर्भावना हटाउ, त्यहाँ जात हुँदैन ।

जातीयता त तिमी आफूभित्रको समस्या हो । अहिले नेपालमा विधंशकारीहरूले जातको खेती चलाइहेका छन् । प्रत्येक चर्च जातको खेतीमा यौन अखडा बनेका छन् । अहिले पनि जातका कुरा गर्नेहरू हो गोरखनाथका मठहरूमा जाऊ, त्यहाँ जातीयता छैन । त्यहाँ त पीरको रूपमा मुसलमानहरू पनि रहेका छन् । तिनीहरूले अहिले जुन समानता खोजिरहेका छौ जातीयतालाई कायम राखेर खोजिने समानता तिमीहरूको पतन मात्रै हो । यो कुरा बीपी कोइराला या सि क्लास राणाहरूबाट सिक । यदि तपाईंहरूले म दलित हुँ र म जनजाति हुँ भन्दै हिँड्ने मानसिकता त्यागिदिनु भयो भने पश्चिमी एनजीओ र आईएनजीओहरूको जातको खेतीमा लगाइएको अरवौं डलर खेती रोकिनेछ । त्यो त रूपा सुनार, आहुती, खगेन्द्र संग्रौला, बाबुराम भट्टराई, युग पाठक आदि यस्ता प्रवृत्तिहरूका कारण चलेको हो ।

पछिल्लो चरणमा जातको खेती माओवादीले गरे । उनीहरूले सबैलाई पहिचानका नाममा विभाजन गरिदिए । तर, सबैभन्दा बढी दलितको कुरा गर्ने बाबुरामले आफ्नी छोरीको विवाह गरिदिँदा एउटा वर्णशंकर नेवार खोजेर गरिदिनुप¥यो । उनले दलितलाई छोरी त दिएनन् । यसकारण अहिले जुन दलित र जनजाति भन्नेहरू छन् उनीहरू त मोहरा मात्रै हुन् । रूपा सुनारको घटना त्यसैको परिणाम हो । नेपालमा आफूलाई दलित भन्नेहरूले अब नेपाली काँगे्रसका महामानव बीपी कोइराला, काँग्रेसका वरिष्ठ नेता सुवर्णसमशेर र देउवा पत्नी आरजु राणाबाट शिक्षा लिएर अगाडि बढ्नु जरुरी छ । यसैगरी नामको पछाडि आफ्नो पुर्खाको गोत्र लेख, जनजातिले पनि गोत्र लेख, विस्तारै जातको समस्या हराउनेछ ।

बीपी कोइरालाका पुर्खा सार्की भए पनि उनीहरूले आफ्नो थर र गोत्र प्रयोग गरेका हुनाले क्रमशः हरायो । यही कुरा सी क्लासका राणाहरूमा पनि लागू हुन्छ । यो अवस्थामा तपाईंहरूले घर भाडामा दिँदा मानवअधिकार, महिला, दलित, जनजाति आदि नामका एनजीओ, आइएनजीओसँग जोडिएका पत्रकार, वकिल र कथित अधिकारकर्मीहरूलाई नदिनुहोस् । उनीहरूले तपाईंको घरमात्र होइन, समाज नै भाँड्न उद्दत छन् । यसैगरी पश्चिमी एनजीओ र आइएनजीओमा काम गर्ने र उनीहरूका छोराछोरीसँग विवाह गर्दा विचार पु¥याउनुहोस्, तपाईंको घर मात्रै होइन वंश नै समाप्त हुनेछ । अबको जागरण घरघरबाट ल्याउनु पर्दछ । आ–आफ्ना कुलधर्म मान्नुपर्दछ । छद्मभेषीहरूलाई नंग्याउँदै जानुपर्छ । जसले कुल धर्मको रक्षा गर्दछ उसको परिवारको पनि रक्षा हुन्छ । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल