Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी जाँदा पनि सुन्दैन कि अदालत ?

काठमाण्डौ । प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । तर विपक्षी दलहरुलाई प्रधानमन्त्री केपि ओलीको दक्षिण तिरको गठबन्धन थाहा पाएर पनि मौनता साध्नु पर्ने बाध्यता छ । नेपालको भू राजनीतिलाई प्रयोग गरेको भारतले अबको केही महिना भित्र प्रदेश २ का ८ जिल्लाबाट विहारी मूलका २० लाख आफ्ना मतदातालाई नेपाली नागरिकता दिलायो भने पनि अनौठो हुने छैन । किनकी अहिले जे भएको छ त्यो भारतको डिजाइनमा भएको छ ।

आज नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको हुनाले विपक्षीले संसदले पुनस्र्थापना गर्न माग गरेका छन् । गठबन्धनको पक्षमा १४७ जनाको हस्ताक्षर जुटेको बताइएको छ । यो अवस्था आउनुको कारण प्रधानमन्त्री केपि ओली र उनको अहंकार हो ।

नेपालमा कुनै पनि पार्टीको स्पष्ट बहुमतको सरकार आउन नसक्ने अवस्था अब सिर्जना भयो । जसका निम्ति नेपाली जनताले नेकपालाई हिजो बहुमत दिएको थियो । कम्युनिष्टहरु राष्ट्रवादी देशभक्त हुदैनन् भन्ने कुरा यो घटनाले प्रमाणीत गर्दछ जबकी उनीहरुले विश्व मजदुर दिवसको दिन संसारका मजदुरहरु एक हौ भन्ने नारा लगाउछन् । जसले संसारको कुरा गर्छ त्यसको नत राष्ट्रियता हून्छ न त देश भक्ति । अब पनि नेकपालाई भोट दिने जनमत रहन्छ भन्ने कुरा पुस ५ को घटना र पछिल्लो घटनाले प्रमाणीत गरिदियो ।


सम्बन्धित समाचार

के छ यि तिनको भेटवार्ताको रहश्य

२०८१ पुष २६

ताजा नेपाल

गाडी चढेर काठमाडौं आउँदै रवि

२०८१ पुष २६

ताजा नेपाल