Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्ता गुण्डाबाट देश चल्छ भनेर कसरी कल्पना गर्ने ?

काठमाडौं पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको  प्रस्टै सुन्न सकिन्छ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न आफूले पठाएका व्यक्तिलाई जागिर दिन अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए।

पहिलो धम्की फोनबाट

दोस्रो दुर्व्यहार कार्यकक्षमै
सम्भवत अधिकारी त्यसपछि मन्त्री आलेको कार्यकक्षमा गए। ढोका खुलेको सुनिन्छ। शायद त्यहाँबाट अधिकारी छिर्छन्।

अधिकारी मन्त्रीज्यू, नमस्कार। आले मोबाइल स्विच अफ गर् तेरो पहिला। स्विच अफ गर् । खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ। आले चोर अति अश्लील शब्द। के गर्छस् तैंले मेरो के घण्टा गर्छस् तैंले के गर्छस् अति अश्लील शब्द। डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ       अन्नपर्णपोष्ट बाट

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल