Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यही लूटको लागि थियो त पार्टी एकता

काठमाडौँ । केपी ओलीको स्वार्थ र डा. बाबुराम, मोहन वैद्य, नेत्रविक्रम चन्दले त्यागेको रिस फेर्न फरक विचार, लुटाहा सिद्धान्त, देशी–विदेशी शक्तिको खेलौना बन्दै नेकपाको बदनाम गरेको तत्कालीन एमालेको ओली गुटसँग पार्टी एकता गरेका पुष्पकमल दाहाल अहिले कमजोर बनेका छन् । उनी पुराना कार्यकर्ता र त्यागी सहयोद्धाबाट टाढिँदै तस्कर, माफिया र दलालहरूको नेता भएका छन् । एमालेसँग एकताले सत्तामा जो छ, ठूलो पदमा जो पुग्यो, त्यसले फाइदा व्यक्तिगतरूपमा लियो । जनयुद्धले स्थापित गरेको विचार, बाटो र व्यवहारका लागि केही फाइदा दिएन । लागत बढाउने र लुट्ने काम व्यापक भयो । कम्युनिस्टको परिचय देखायो ।

नेकपाको ओली गुट कति विध्वंशकारी छ भन्ने प्रमाण पार्टी फुटाउने अध्यादेश ल्याउनु, कुनै पनि नियुक्तिमा अन्तरपार्टी छलफल गर्ने र सुझाव लिने नगर्नु, सरकारको सम्पत्ति तस्कर गिरोहलाई सुम्पेर आफैँले कमाउनु, चुनावी घोषणापत्रमा उल्लेख भएका योजनाविपरीत सामन्तवाद र शोषक तप्काको हितमा बजेट ल्याउनु, श्रमिक वर्गलाई दबाएर उद्योगपतिको पक्षमा निर्णय गर्नु, शिक्षा माफिया, जल माफिया, भूमाफियाहरूलाई सघाएर सीमान्तकृत वर्ग गरीब, सुकुमबासी, दलित जनजाति, मधेसी समूहमाथि नियोजितरूपमा दमन गर्ने सरकारी रवैया देखाउनुले नै नेकपा नाउँको वर्तमान सत्ताको चरित्र झल्किन्छ ।

अहिले एमालेले चलाएका मन्त्रालयअन्तर्गतका कुनै ठाउँमा भएका राजनीतिक नियुक्तिमा माओवादीनिकट वा शुभेच्छुकहरूले स्थान पाउँदैन । तर माओवादीका नालायक र लफङ्गा मन्त्रीहरूले चलाएका मन्त्रालयअन्तर्गतको राजनीतिक नियुक्तिमा प्रधानमन्त्रीको तहबाट भएको हस्तक्षेपले जनताले दुःख पाउन थालेका छन् । कालोबजार, यातायातको सेन्डिकेट, मेडिकल शिक्षाको सुधार, विद्यालयस्तरको शिक्षा निःशुल्क बनाउने विषय, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति, विद्युत् उत्पादनमा लाइसेन्स दिने काममा माओवादीलाई सहज निर्णय गर्न दिइएन । जताततै बाधक ओली गुट नै छ । वनमन्त्री शक्ति बस्नेत आफ्नै नालायकी चरित्रले कमजोर छन् ।

यिनले राष्ट्रिय प्राकृतिक कोष, राष्ट्रिय ताल संरक्षण समितिमा राजनीतिक नियुक्ति गर्न सकेनन् । जङ्गलको काठ कुहियो, अरबौँ राजस्व गुुम्यो तर शक्तिको नजर त्यहाँ पुगेन । यी आफैँ परस्त्री गमनमा महराभन्दा अग्रगामी हुन् । प्रचण्डको बडीगार्ड भएबापत यी सांसदको टिकट पाउनेमा परेका हुन् । सङ्गठन थियो, कार्यकर्ता थिए, यिनले चुनाव जिते । वर्षमानको नाम फेरि, बादल र लेखराजले पद जोगाउन कित्ता फेरे । प्रचण्डले आफ्नै टिमका लोभीपापी र भ्रष्टलाई ओलीले किनेको पत्तै पाएनन् । अहिले मन्त्रिपरिषद् पुनर्गठनको कुरा छ । भ्रष्ट र नालायक च्यापेर ओली सरकारले जनमत बचाउन सकेको छैन । भ्रष्टाचार चरमचुलीमा पुगेको छ । सञ्चार र स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार र अर्थ मन्त्रालय मात्र होइन, रक्षा मन्त्रालयअन्तर्गत समेत भ्रष्टाचार चरम बढेको छ ।


सम्बन्धित समाचार