Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनको चाँदी कटाई कसले देख्ने ?

बुटवल । सडकको ठेक्का पट्टाले गरेको आम्दानी र ठेकेदारसँगै बुटवलदेखि दाउन्नेसम्म रक्सीमा झुम्मिएर आउने सडक डिभिजन बुटवलका मेघराज मरासिनीको फूर्ति निकै चम्किएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सडक विभागको सञ्जालमा लुटाहाहरूको टीम बलियो छ, यो समयको खेल हो । बेलाबखत सत्ता र प्रतिपक्षका नेताको प्रयोगले राम्रै ठाउँ पाउनु मरासिनीहरूको लागि कर्मको फल हो । मराजसिनी पनि अशोक तिवारी पथका अनुयायी हुन् । विष्णु पौडेल संरक्षक हुन् मरासिनीका । उनी आफू प्रगतिशिल खेमको भन्न रुचाउँछन् । तर, यस पटक मन्त्री पत्नी जुली महतोलाई दाम चढाएर बुटवलमै थन्किए । त्यहाँ राज्यले बुटवलदेखि अरुण खोलासम्मको सडक विस्तार थालेको छ ।

वीरगञ्ज कोरीडोरको प्रमुख हुँदा रु १ करोड ३५ लाखको ठेक्का आधा झ्याप पार्न ठेक्का नरहेको स्थानमा सारेर बाँकी काम आयल निगमको पाइपलाइन विस्तारलाई झोसेर उम्केका यिनले कीर्तिपुर ट्याङ्ला फाँटमा भव्य महल त्यही बेला किन्न भ्याएका हुन् । भाग्यमा भयो भने र नेताको पहुँच पुग्यो भने मात्र दोहो¥याएर एकै ठाउँमा जान पाइन्छ । यी मरासिनी विष्णु पौडेलको तुजुकमा बुटवलमै कब्जा जमाएका इञ्जिनियर हुन् । जसले पौडेललाई ललितनिवास जग्गा खरिदमा खर्च जुटाएकाले हुनसक्छ विष्णुले लुम्बिनी विकास कोषको सदस्यसचिव बनाएका एक भ्रष्टको अहिले बेहाल भयो ।

सदस्य सचिव बन्न खर्च गरे तर डुब्यो । ती पाल्पाको प्रजिअ हुँदै गर्दा राजीनामा दिएर लुम्बिनी विकास कोषमा लुट्न गएका हुन् । बीरबहादुर बलायर, रमेश लेखक मन्त्री हुँदासमेत राम्रै ठाउँ पाएका मेघराज मरासिनीलाई सडकभित्र वापमन्थी धमिरा भन्नुको कारण भ्रष्टाचारमा लिप्त हुनु हो । सडकमा मेघराजजस्ता स्वार्थका लागि रुप फेर्ने पैसा खर्च गर्ने थुप्रै छन् । हुलाकी सडकका अशोक तिवारी र फाइल बढुवा इञ्जिनियर प्रदीप श्रेष्ठले मन्त्री र सचिवलाई गुमराहमा राखेर अहिले धमाधम ठेक्का दिएका छन् ।

कार्यालयका फर्निचर खरिदमा लुट्दैछन् । जबकि त्यहाँ काम चल्ने फर्निचर छँदै छन् । घर भाडाको कमिशनको ठूलै चक्कर छँदैछ । सडकमा घोषित माओवादीका रुपमा सूर्य भाट, अंगलाल रोकाय, अमृत रिमाल, विनोद श्रेष्ठ, नारायण भण्डारी हुन् भने दीपक केसी एमाले र अहिलेका मन्त्री रघुवीरका मित्र हुन् । अहिले मन्त्री रघुवीरलाई सघाउने विनोद श्रेष्ठ विभागमा छन्, अंगलाल रोकाय पुल सेक्टर एकमा छन् । दीपक केसी, पुष्पलाल लोकमार्गमा रहेका छन् भने बुटवलमा लुटिरहेका मेघराजको घुर्कीको अर्थ के हो ?