Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनले देखाए आफ्नै हैसियत

काठमाडौं । सत्ता अन्धो हुन्छ, समाज परिवर्तनको नाटक व्यर्थ हुन् । कम्युनिष्ट पार्टी जब विधि र प्रक्रियाबाट फुत्कन्छ त्यो बेला पार्टीले लिखित दस्तावेजमा देखाएका नीतिगत सिद्धान्तको अर्थ रहँदैन । नेकपा एमाले र माओवादीले त्यो खुलस्त गर्दै पार्टी एकता गरेर । राजनीतिमा आतंक आफ्नो स्वार्थमा साम, दाम, दण्डभेदको भरपूर्ण प्रयोग गर्ने केपी ओली र उनको गुटले देखाएको व्यवहार खुलस्त भयो । राजनीतिमा सिद्धान्त र नीतिको बफादार भन्दा चाकडी र चाप्लुसीलाई जोड दिने टीम आफै.मा गुण्डा गर्दी तस्करीमा केन्द्रीत थियो । टिकट पाएर नेकपाप्रतिको जनविश्वासले भोट पाएका महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ, गोकुल बास्कोटासँग राजनीति नियुक्तिको लोभले जोडिएका पूर्व आईजीपी सर्वेन्द्र खनालको हैसियत देखियो ।
सांसद बस्नेत र श्रेष्ठको विगत राम्रो थिएन । यी मात्र होइनन् कर्ण थापा समेत सर्वेन्द्रको कार्यकालमा हरेक दिन रक्सी खान पुग्थे । पदका लागि मरिमेटेका सर्वेन्द्र खनाल खान्न खान्न लोकचार खान थाल्यो मानाचार चरित्र भएको उनलाई चिन्नेहरुले बताउँछन् । आईजीपी भएपछि खानालबाट तस्कर दिपक मलहोत्राको सप्लाई भएको गुणस्तरहिन जुत्ता पोशाक भिœयाइयो । ओली सरकारको नीतिगत लुटमा जानकार खनाल, महेश बस्नेत, कर्ण थापा, किशन श्रेष्ठको सम्बन्धले आईजीपी पदको म्याद थपिन्छ भन्ने थियो तर समयले हावा खायो । खनाल आईजी पदबाट हटे । राजनीति भन्दा अहंकार दम्ब र घमण्डले ग्रस्त खड्ग ओलीको विश्वासिलो बन्न राजनीतिक चेतनामा विज्ञ नभए पनि कामले चर्चामा आउन चोहका खनालको इज्जत माटोमा मिल्यो ।
सर्वेन्द्रले जे सुकै भने पनि प्रहरीको क्षमतावान अधिकृत भए पनि यो घटनाले उनी नांगिएकै छन् । प्रम ओली र उनको गुटलाई लगाएको गुन तिर्न कहिं न कही राजनीतिक नियुक्ति पाए पनि नेकपालाई यो अपराधमा क्षमा दिने छैन । महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, कुनै राजनीतिक चरित्र भएका अनुहार होइनन् । यी मात्र होइन ओली गुटको कुकर्मको जयजयकार गरेर देश लुटेका चरित्रहरुको राजनीति ओलीकै जीवनभर हो । किनकि उनीहरु पार्टी हेरेनन् गुटको सेवा गरे सिद्धान्त, नीति विधि विधान हेरेनन्, पैसा हेरे । आखिर देशमा अस्थिरता चम्काउने विधेयक राष्ट्रपतिले स्वीकार गरेको पाँचौ दिनमा मन्त्रिपरिषद्ले फिर्ता गर्न बाध्य हुनुको कारण त देखियो त ?


सम्बन्धित समाचार