Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनै हुन् भक्तपुरमा बसभित्र सामूहिक बलात्कार गर्ने

काठमाडौं । प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति पक्राउ परेका हुन् । भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ । जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेको हो । घटनामा फरारको खोजी भइरहेको जनाइएको छ ।


सम्बन्धित समाचार