Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको फर्दर पब्लिक अफरिङ (एफपीओ) आज बिहान बाँडफाँट भएको छ ।
उक्त कम्पनीको एफपीओ ३७ हजार ९ सय ३७ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाएका हुन् ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको एफपीओमा १४ लाख ४ हजार ७ जनाले १ अर्ब ६३ करोड ३ लाख २ हजार रुपियाँ बराबरको करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले प्रतिकित्ता रु। १०० अंकित ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपियाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ निष्काशन गरेको थियो ।
साविकको युनिक नेपाल र घोडीघोडा लघुवित्त मर्ज भएपछि संस्थागत र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको जनाएको छ ।
कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र ५.९९ प्रतिशत छ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपियाँ छ । एफपीओ बाँडफाँटपछि चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपियाँ पुगेको छ । संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० भएको छ ।