Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवालाई एमालेले निमोठ्यो

काठमाण्डौ । आफू बदमास भएपछि उसले सबैलाई लुच्चो र भ्रष्ट देख्छ । एमाले अध्यक्ष केपी ओलीको ४१ महिने शासन काल लुटाहा, भ्रष्ट र बिचौलियाको बाहेक अरुको काम गरेनन् । तीनैले हावाको सम्बृद्धि र बिकासको चारो फालेर जनतालाई भोक भोकै तड्पाएका थिए । ओली शासनको कोरोना कालले जनताको अवस्था गिरेको हो । आफू पूर्ण असफल कम्युनिष्टका नायकले डा. युवराजले अग्रवालहरुको कर छुट विद्युतीय गाडीमा भन्सारकर र अन्तशुल्क बृद्धि गर्नु उचित ठानेर खतिवडाले विद्युतीय सवारीमा जस्ता नीति लिए त्यस्तै नीति डा. प्रकाश शरण महतले प्रस्तुत गरेका छन् ।
एमालेका केपी ओली, काँग्रेसका शेरवहादुर देउवा, माओवादीका प्रचण्ड मिल्दा नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका डा. आरजु राणा, मन्जु खाँड, राजेश शाक्य, राजेश्वर स्थापित, डा. अजय क्रान्ती शाक्यजस्ताको नाउ ढिसमिस भयो । आफू माथी लागेको लुटतन्त्रको आरोपमा सफाई लिन नपर्ने नेकपा एमालेका अध्यक्ष केपी ओली, प्रमुख सचेतक पदम पुरी, सांसद रघुजी पन्थजस्ता बिद्धानले आफूले गर्ने लुट जवजको सिद्धान्तमा भएको स्वीकार्न बाँकी छ । किनकी एमाले पशुपतिको धर्मशाला, नेपाल ट्रष्टको जमीन मात्र होइन सरकारी सम्पत्ति ध्वस्त बनाउन निजी कम्पनीको स्वार्थका थुप्रै फण्डा प्रदर्शन गर्ने एमालेको ओली पथले सफल देखीयो ।
एमालेले ४१ महिनामा देशमा कस्तो बिकास गर्यो सम्बृद्धिको यात्रा कता पुर्यायो सबैले देखेका छन् । जसले नीतिगत लुट चम्कायो त्यसले अरुलाई शुद्धताको शिक्षा दिन लाज मान्दैन् । एमाले जस्तो नकचरो शक्तिलाई अब विस्वास गर्न कठिन छ । यो देशमा एमालेले संगठित लुट नै चलायो । केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि लुटेकै थिए । गरिबको नाममा सिन्को नभाँच्ने दलाल र बिचौलियाको सहभागीता बिना कुनै काम नगर्ने सरकारका नायक केपी हुन् । जसले नेपाल ट्रष्टको जमीन र वायुसेवा निगमको व्यापार खोसेर थामसेर्कू र हिमालयन एयरलाई दिएर राष्ट्रको गौरब प्रदर्शन गरेका हुन् । केपीजस्तो कर्तव्यनिष्ट र देशभक्त नेता अरु भएनन् । किनकी घरघरमा ग्याँस, हावामा बिजुली ठाउ न ठहरको पानी जाहाज, बजेट बिनाका भाषण योजना नै केपीको सम्पत्ति हो । नीतिगत लुट उसको लक्ष हो ।
बर्तमान सरकारले फरक बाटो लिएकै छैन् । जसरी ओली कालमा बिद्युतीय गाडीको भन्सार महशुल र अन्तशुल्क बढाएर इन्धन भित्र्याउन पाईप विस्तारका एजेण्डा नै काफी छन् । जनताको पक्षमा सिन्को नभाँच्ने भ्रष्टाचार र बिचौलियाको घेरा तोडन नसक्ने केपी शासन र बर्तमान गठवन्धनमा फरक छ । किनकी यो सरकारले ओली कालको लुट, नक्कली भुटानी शरणार्थी, पशुपतिको सुनको जलारी, वाइडवडीको भुत्तानी, ओम्नी काण्ड छानविन गर्ने भनेपछि केपी ओली लत्रेका हुन् । ४१ महिने शासनका सारथी इस्वर पोख्रेलको चुनावी पराजय उपत्यकामा एमालेको विडो धानेका कृष्णगोपाल श्रेष्ठहरुको प्रवृत्तिले पनि केपी ओलीलाई मनपरी गर्न दिईएको छुट कारक बन्दैछ ।
एमालेले युवा पुस्तालाई महत्व दिएन् । त्यही कारण ७० वर्ष लागेपछि पदाधिकारी बन्न नपाउने विधानको व्यवस्था एमालेले खारेज गरेको छ ।


सम्बन्धित समाचार

धितोपत्र बोर्डका प्रवक्तामा घिमिरे

२०८१ मंसिर १४

ताजा नेपाल

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल