Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवा मन्त्रीलाई पत्रिका पचेन

काठमाडौं । सात दलको आन्दोलन रत्नपार्कमा टहलिँदा यिनै पत्रपत्रिका राजनीतिक दलका सारथी थिए । आठौं दल भनेर नेपाली पत्रकारितालाई त्यतिबेला भन्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला सडकमा आन्दालन गर्नेहरु सत्तामा पुग्दा उनीहरुलाई त्यही पत्रिका घाँडो भएको छ त्यसैले उनीहरुले मन्त्रालयमा पत्रिकै निषेध गरेर लूट धन्दा मच्चाइरहेका छन् । ढंग छैन, कसरी हुन्छ वायुसेवा निगमलाई सिध्याउनु छ, निगम डुबेको नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भद्रगोल बनाएको समाचार सञ्चार क्षेत्रले सार्वजनिक गर्दा तत्कालिन एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले पर्यटनमन्त्रालयमा पत्र पत्रिका प्रवेश निषेध गरेका छन् । उनको यो बहादुरीलाई एमालेको जबजधारी किर्नाहरुले पनि रुचाएका छैनन् । योगेश भट्टराईको क्षमता भानुभक्त ढकालको हैसियतमा यस पटक देखियो । यी दुवै विद्यार्थी कालका जल्दाबल्दा भए पनि मन्त्रालय हाँक्न नसक्ने विचौलिया र दलालका संरक्षक भएको छर्लङ्ग भयो । त्यही कारण स्वस्थ्यमा ओम्नी चम्कियो, पर्यटनमा थामसेर्कु र यति एयरको हालीमुहाली छ । भन्सार कर्मचारी रहँदा सुन तस्करी गर्ने कृपासुर शेर्पा पथ योगेशको अभियान बन्दैछ ।

फायर टावर नखोल्दा…
सरकारले त्रिभुवन एयरपोर्टलाई बुटिक बनाउने भन्यो त्यहाँ देवेन्द्र केसीलाई महाप्रबन्धक बनाइयो । केसी महाप्रबन्धक त भए तर कर्ण थरका उपमहाप्रबन्धकको तेलामेला झन बढेको छ । क्षमता, अनुभव र दक्षताका आधारमा भन्दा आफ्नो टिमको खञ्चुवा टोलीलाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले समाते । त्यसकै फल शुक्रबार एयरपोर्टमा हिमालयन एयरले ल्याण्ड गर्न पाएन । फायर टावर नखोल्दा हिमालयले एक चक्कर लगायो । तत्काल ल्याण्ड गर्न नपाउँदा सुरक्षामा असर भयो अन्तर्राष्ट्रिय विमानको क्यु भत्कियो । व्यक्ति हावी हुँदा व्यापारीलाई पास बेचेको फल हो यो । मन्त्रालयलाई चासो छैन । साउन २१ बाट आन्तरिक उडान शुरु गरिँदैछ । त्यो बेला फायर टावर नखोले के होला ? प्राधिकरणमा सरुवा बढुवामा बेथिति छँदैछ । प्रम ओलीको शासनमा राम्रो होइन हाम्रो भए पुग्छ । त्यही प्रवृत्ति राजन पोखरेलमा छ । पर्यटनमन्त्री योगेशलाई तस्कर माफियाको सेवा गर्न पाए पुगेकै छ । भ्रष्टको अखडा बनेको प्राधिकरणमा अख्तियारले सोध्छ छानविन गर्दैन । एयरपोर्टको भद्रगोल बढ्नुको कारण यही छ । लोसे पाराका मन्त्री भट्टराईले स्व. रविन्द्र अधिकारी पथ अंगाल्न नसक्दा नागरिक उड्डयन प्राधिकरणमा बेथिति बढेको छ ।