Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यो खेल प्रचण्डलाई रोक्न हो

सबैले भाग पाएकै थिए । मोर्चा समाल्ने जिम्मेवारी आएकै थियो । झलनाथले म ठूलो म अध्यक्षात्मक प्रणालीमा एमालेको दोस्रो अध्यक्ष भनेकै थिए । त्यही योग्यताका कारण आफू अध्यक्षद्वय भन्दा तेस्रो वरियतामा हुनु पर्छ भन्ने भ्याएकै थिए । एमालेकालदेखिनै एकले अर्काको अस्तित्वमाथि प्रहार गर्ने बानी परेका कारण अध्यक्ष एवं प्रम केपी ओलीले आफूलाई कति बिग्री हाल्ला र भन्दै मौनता साधे । पार्टीको विधि प्रक्रिया र विधानको कुनै ख्याल नगर्ने केपी ओलीको जंगे शैली यहाँ पनि एकाएक पैदा भयो । ओलीले हिजो आफैंले चुनाव हराएर ठाउँको ठाउँ ढलाएका वामदेवलाई तर्काउनु भन्दा बरु माधवको घुर्की झलनाथको कनकन सहन सहज ठाने ।
सांसद बन्न नपाएकोमा आक्रान्त वामदेवलाई संगठन विभाग र पार्टीको उपाध्यक्ष पद प्राप्तिका लागि नत विधान हेरियो नत अरु पद नपाएका नेताहरूको ख्याल गरियो ।

माधव नेपाल ओलीसँग रिसाए पनि उनले एउटा कुनै पद आफ्नो टिमलाई दिलाउनासाथ आफैंले उठाएका कुरा त्याग्छन् भन्ने हेक्का केपी ओलीले बुझेका थिए । नेकपाको अन्तरिम विधानले अध्यक्षद्वय बाहेक महासचिव पदको व्यवस्था गरेको छ । उपाध्यक्षको व्यवस्था छैन । काँग्रेसमा पनि यस्तै स्थिति छ । त्यहाँ विमलेन्द्र निधिलाई साइजमा राख्नका लागि देउवाले विजय गच्छदारलाई अगाडि सारेका हुन् । तर नेकपामा वमदेवलाई ओलीले अगाडि सार्दा माधव नेपालले विधि र प्रक्रियाका कुरा गरे । अरु नेताले उनको डुक्राईको ख्याल गरेका छैनन् । एमाले माओवादीबीचको एकता सरकार बनाउनका लागि थियो । तर आत्मिय रुपमा देश जनता श्रमजीवी वर्गको चाहनालाई ध्यान दिइएको थिइएन । तर दबाव पार्टी एकतामा बढी थियो । दुवैले चुनावलाई मुल लक्ष्य बनाएका छन् ।

चुनाव जित्नका लागि एमाले माओवादी दुवैलाई दुवैको साथ जरुरी थियो । त्यो अवसरको खोजीमा दुवै थिए । एक्लै चुनाव लड्दा माओवादी तेस्रो हुन्थ्यो वा दोस्रो भन्न सकिँदैनथ्यो । एमाले ठूलो पार्टी त हुन्थ्यो तर सरकार बनाउन सक्ने हैसियतमा हुँदैनथ्यो । त्यस्तो समयमा माओवादी, राजपा वा फोरमको साथ लिनै पथ्र्यो । संसदमा एक शक्तिको स्पष्ट बहुमत नहुँदाका बेला ठूला साना सबै दलले च्याखे थाप्थे । पदका लागि देशको माहोल जान्थ्यो । जनताको काम हुँदैनथ्यो । त्यही भद्रगोल भोगेर चुनावी एकता हुँदै पार्टी एकता गर्नका लागि नेतृत्व तयार भयो । तर अझै पनि एकता भए जस्तो व्यवहार एमालेबाट भएको छैन । नेताले मस्ती गरेकै छन्् नेताका नातागोताले लुट्न भ्याएकै छन् । माधव, झलनाथ र वामदेव मिल्दा एमालेमा ओली गुट आश्रय लिएर कुनामा थन्किएकै हो । अहिले ओलीले पार्टीको अध्यक्ष भएर अध्यक्षको स्तरबाट सबैलाई मिलाउन चासो नदिने, हरेक नियुक्तिहरूमा आफ्नो एकलौटी प्रदर्शन गर्ने पार्टीको अस्तित्वलाई बाइपास गर्ने सरकारी स्वामित्वमा मनपरी गर्ने गरेकै छन् । कारबाही हुँदैन ओलीको गुटको पछि लाग्दा फाइदै छ घाटा छैन ।

त्यसैले बिचौलियाले ओली गुटको सेवक भएर रमाइलो गरेका छन् । प्रधानमन्त्रीको पद पार्टी र सरकारको हितमा होइन, गुटको स्वार्थमा अर्पेको स्थिति छ । त्यही कारण वामदेवलाई कास्की २ बाट चुनाव लड्न भनियो । यो खेल प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुन नदिने हो । आफूले प्रम पद छाड्नै परेको खण्डमा एमालेका पूर्व प्रमहरू झलनाथ खनाल, माधव नेपालले नपाउन् बरु वामदेवलाई दिउँ भन्ने शुच्म चिन्तनले केपीलाई उचालेको संकेत हो यो ।
बर्दियाबाट वामदेव जितेका भए उपप्रम पदमा ईश्वरको मौका आउँदैनथ्यो । त्यो कारणले पनि हिजो गौतम हराउ अभियानमा ओली र ईश्वरको कुरा मिल्यो । ईश्वरले प्रचण्डलाई भन्नु नबन्नु भन्न पाए । एउटै पार्टीको अध्यक्षमाथि हिजो एमालेको महासचिव पदमा रहेका नेता आफू विधि प्रक्रियाको बखान गर्छ तर मत नमिलेकै नाउमा कति निकृष्ट र गिरेर बोल्छ भन्ने कुरा ईश्वरले देखाए । साथमा ओलीका बफादार सिपाही भएबापत उनले त्यो छूट पाए । अबको एकता महाधिवेशनमा ईश्वर जस्ताका लागि सहमतिका आधारमा ठूलो पद प्राप्त होला नहोला चुनाव भयो भने ठूलो पद प्राप्त हुन कठिन छ ।

किनकि उनले जसरी प्रचण्डलाई खुइल्याएँ भनेका छन् त्यही रुपमा वामदेव, झलनाथ र माधव पक्षधरलाई पनि बाँकी राखेका छैनन् । पार्टी एकता गर्दाका सहमति र प्रतिबद्धताका कुरा कार्यान्वयन भएका छैनन् । प्रम एवं पार्टी अध्यक्ष ओलीले आफ्नै कारण नेकपाको सत्यानास हुन्छ भने पनि प्रम पद त्याग्लान् जस्तो छैन । माधवसँग उनको भनावैरीले त्यही देखाउँछ र चरित्र पुष्टि गर्छ ।

अपराध सरकारमा बस्नेले गर्ने कार्यकर्तालाई अरिंगाल बनेर विपक्षीमाथि जाइलाग भन्दैमा कोही लागेन । एमालेकै ओली गुटको जयजयकार गाउनेहरूले रुचाउलन छाडे । सरकार कही सफल छैन । नत दुई तिहाइको इज्जत छ नत कम्युनिष्ट पार्टीको इज्जत छ । नत वर्गीयता, समानता, सम्मानजनक श्रमको ख्याल गरिएको छ । हस्तक्षेप त्रिविविभित्र मात्र होइन प्रशासनिक स्वतन्त्रतामा समेत भएकै छ । कुटनीतिक रुपमा पूर्ण असफल सरकारले आफ्नै नेतृत्वको सार्क अलपत्र पारेर भारतीय स्वार्थको बिमस्टेक र अन्तर्राष्ट्रिय शान्ति मिसनको नाममा क्रिश्चियनिटी प्रवेश गराएर देखाएको घिनलाग्दो सन्देश नेकपाको नेतृत्वले सहमति जनाएको थियो ? अबका दिनमा यही काण्डले जनतालाई नेकपाप्रति सोच्न बाध्य पारेको यथार्थता लुकाएर लुक्छ ?


सम्बन्धित समाचार