Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘रअ’ प्रमुखसँगको भेटको विषयवस्तु सार्वजनिक गर्न दियो विप्लव समूहले चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख भेटको विषय सार्वजनिक गर्न माग गरेको छ । जनपरिषदले विज्ञप्ति जारी गर्दै गत बुधबार राति प्रधानमन्त्री केपी ओली र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयबस्तु सार्वजनिक गर्न माग गरेको हो ।
केन्द्रीय जनपरिषद, नेपालका तर्फबाट प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गर्दै छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएका छन् । बुढामगरको विज्ञप्तिमा भनेका छन्, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मको लज्जास्पद विषय हो । यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।’


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल