Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘रअ’ प्रमुखसँगको भेटको विषयवस्तु सार्वजनिक गर्न दियो विप्लव समूहले चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख भेटको विषय सार्वजनिक गर्न माग गरेको छ । जनपरिषदले विज्ञप्ति जारी गर्दै गत बुधबार राति प्रधानमन्त्री केपी ओली र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयबस्तु सार्वजनिक गर्न माग गरेको हो ।
केन्द्रीय जनपरिषद, नेपालका तर्फबाट प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गर्दै छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएका छन् । बुढामगरको विज्ञप्तिमा भनेका छन्, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मको लज्जास्पद विषय हो । यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।’


सम्बन्धित समाचार