Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
खाँड जाकिएपछि खड्का सकृय
काठमाण्डौ । प्रहरीको एपिसी खरिदमा २८ करोड ४० लाख घोटाला हुँदा आईजीपी पदका ओम विक्रम राणा, रमेशचन्द्र ठकुरी, हेमबहादुर गुरुङ दण्डीत भए जेल बसे । तर सेनाले युएन मिसनका लागि लोकेन्द्र कार्कीमार्फत भिœयाएका गोला बारुद प्लाण्ट आवश्यकता अनुसार नचल्दा सेनाको नेतृत्वलाई चासो नहुने यस्तो किन हुन्छ नेपाली सेनामा ? प्रहरी सेना र शसस्त्रको हतियार सप्लायर्स दिपक भट्ट नामका दलाल मार्फत चीनको नर्थ इण्डष्ट्रिज ग्रूप कर्पोरेशन मार्फत अहिले बख्तरवन्द गाडी खरिद गर्न सेना लागेको छ । त्यहाँ लेनदेनको कुरा चर्को छ ।
नेपाली सेना व्यापार गर्छ जग्गा दलाली पनि गर्छ । त्यही सेनालाई देशको गौरव भनाईन्छ । तर त्यहाँ भित्र हात हतियार गोला बारुद जन्य बस्तुको खरिदमा भ्रष्टाचार व्यापक छ । छानविन कसैले गर्दैन । अहिले रक्षामन्त्री पूर्णबहादुर खड्का र सेनापतिका बीचमा दिपक भट्ट नामको माफीया खेलेको छ । त्यही भट्टले भिœयाएको मकवानपुरको सुनाचरीमा जडित एम्युनिशन प्लाण्टको चर्चा व्यापक छ । सेनाले भिœयाएको कोरियन हतियार पनि बिबादीत छ ।
रकम नयाँको लिन मेशिन पुरानो भिडाउने दिपक भट्टको पूर्ववत खेल हो । बिभागिय मन्त्रीदेखि प्रधानमन्त्रीसम्म कमिशन बुझाएपछि भट्टजस्ता ठेकेदार सफल हुने नै भए । टर्किस कम्पनीको नयाँ मेशिन ल्याउनु पर्नेमा थोत्रो मेशिन ल्याएको सेनाले गोला बारुदका लागि भारत र चीनबाट कच्चा बस्तु भिœयाएकै छ । सेनाले प्लाण्ट खरिद गरेर जडान गर्नको अर्थ छैन् । जबकि उसको लागि बार्षिक ९ हजार मेट्रिक टन बिष्फोटक पदार्थ जरुरी पर्छ । तर त्यहाँ २ हजार मेट्रिकटन उत्पादन हुन्छ । सेनाले दक्षिण कोरियाको केटु राइफल खरिद गर्दैछ । त्यहाँ रक्षामन्त्रीको चासो छ । जबकि त्यो राइफल खरिद गर्ने पक्षमा प्रधान सेनापति प्रभुराम शर्मा थिएनन् । उनलाई रक्षामन्त्री पूर्णबहादुर खडकाको दवाव थेगि नसक्नु भएको छ । त्यही दवावका कारण ३७ हजार राईफल ल्याउने काममा ठेकेदार दिपक भट्ट तातेका हुन् । उनको धन्दा हरेक वर्ष चल्छ ।
गाडी, बख्तरवन्द, राईफलजस्ता कुरामा ठूलो खर्च गर्दै आएको नेपाली सेना मुल ठेकेदार बनेर काठमाण्डौ निजगढ फास्टट्रयाक निर्माण थालेको बर्षौं भयो । सडकको क्षेत्रमा काटिएको रुखको लापरवाही उस्तै छ । त्यहाँ नेपाली सेना आलोचित छ । ठूलाले कुम्ल्याउने तल्लो दर्जा हेपिने फौजी समूहमा ठूलो भ्रष्टाचार सेनामा हुन्छ । सेनाको खर्चमा सरकारले नर्हेने भएकोले भ्रष्टाचार बढी हुन्छ ।
बस्नेतकै बदनाम
सैनिक इन्टेलिजन्स भित्रका लुटाहाहरू इन्द्रबहादुर वस्नेत र ऋषिराम बस्नेतको अत्याचारमा कसैको चासो छैन् । आठवटा युनिट रहेको जासुसी निकायका यी लुटाहाहरूको पद सुवेदार हो । ऋषि सेनाभित्रको छाडा साँढे नै भएका छन् । लामा थरकी पदीकलाई आर्थिक र शारिरीक शोषण गर्ने बस्नेतकै कारण तीनले लोग्नेसँग छोडपत्र समेत गरेकी छन् । आलु र ध्यू पनि घुस नछाडने त्यस्ता पिचासमाथि प्रधान सेनपतिको ध्यान किन जान्न ? उनलाई दिपक भट्टजस्ता हतियार सप्लायर्स भए पुगेकै छ । चरक बाहिनीको सुवेदार इन्द्र बस्नेतको ताल यस्तै छ । सेनाको आन्तरिक सुधार गर्ने रक्षामन्त्री मुलुकले पाएको छ । औषधी खरिदको नाममा सेना अगाडि सारेर २ अर्व चुना लगाउने एमालेका भ्रष्ट शिरोमणि ईस्वर पोख्रेलसँग सेना त्यसै रिसाएको होइन् । कोरोना कालमा बदनाम सेनाको भयो पैसा केपी ओलीको समूहले खायो । फष्ट ट्रयाकको परामर्शदाता नियुक्ति गरेर झ्वाम पर्ने ईश्वरको दाउ सफल भएन । सेनाले कामको प्रगति पनि गरेन । जनयुद्ध दमन गर्ने नाममा जनताका घरभित्र प्रवेश गरेर छोरी वेटीको इज्जत लुटने र जनता तड्पाएको सेना अझै सहज हुन सकेको छैन् । त्यहाँ चाकडी बाजको सेवा बढी रुचाइन्छ । हिजो दरबारले जोडिदिएका मण्डले भए सेनालाई पुगेको छ । सुझाव दिने त्यहाँ पच्दैनन् । देशमा व्यवस्था परिवर्तन भयो अवस्था उस्तै छ । सेनामा लोकतन्त्रनै आएको छैन । जर्नेल र कर्णेलले श्रीमतिका बस्त्र धुनलगाएर गर्ने शोषण र महिला सैनिकमाथि मेजरले गर्ने यौनशोषणको पर्दाफाँस हुन बाँकी छ । सरकारले समेत सेना शसस्त्र र नेपाल प्रहरीलाई सुर्धान आवश्यक नीति लागू गर्न नसके खरिदको नाउमा हुने लुट थेग्न कठिन छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल