Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रञ्जनको पैसाले किनिएन न्याय

काठमाडौं। पैसा भए पसलबाट देउता किन्न पाइन्छ, अदालतबाट न्याय किन्न पाइन्छ भन्ने प्रमाणित गरेका पत्नी हत्याका अभियुक्त रञ्जन कोइरालालाई त्यही अदालतले फेरि थुन्ने निर्णय गरेको छ ।

पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने भएका छन् । उनको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला उल्टिएपछि जेल जाने भएका हुन् । रञ्जनलाई छुटाउँदा विवादित प्रधान न्यायाधिश चोलेन्द्र समशेरले ठूलै रकम हात पारेको चर्चा चलेको थियो भने हत्या अभियोग लागेका व्यक्तिको कैद फैसला घटाउने निर्णयको ठूलो आलोचना भएको थियो ।

श्रीमती हत्याको अभियोग पुष्टि भई कोइराला जेलमा रहँदा जन्मकैद सजाय घटाएर ८ वर्ष कायम गरिएकोमा आज उल्टाइएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंक मोक्तान र कुमार चुँडालको इजलासले निर्णय उल्टाएको हो । यसअघि हाल निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको सजाय क मगर्ने फैसला गरेको थियो ।
रञ्जन कोइरालाले ९ वर्ष अघि पत्नी गीता कोइरालाको हत्या गरेको पुष्टि भएको थियो ।

उनले हत्या गरी शवलाई मकवानपुरको दामन क्षेत्रमा लगी जलाएका थिए । उक्त घटना निकै चर्चामा थियो । सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालालाई उक्त संगठनको भावी आइजीपीको रुपमा हेरिएको थियो । पत्नी हत्यासँगै उनी निलम्बन हुँदै बर्खास्त भएका थिए ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल