Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भयो। कात्तिक २ मा पक्राउ परेका रविविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भयो। त्यसपछि मात्र रविले रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरे। पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि प्रहरी हिरासतमा बसेको दुई महिना नाघिसक्यो। तर, मुद्दा दर्ता हुनुअघिसम्म उनले कसैलाई पार्टीको कमान्ड गर्ने अधिकार दिएका थिएनन्। बरू, हिरासतबाटै पार्टी चलाइरहेका थिए। तर, उनलाई संसद पदबाट निलम्बन गरेपछि बाध्य भएर रविले प्रहरी हिरासतबाटै तोक आदेशमा उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोके। रविले हिरासतबाटै कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको सोमबार रास्वपाले पार्टी सचिवालयको बैठक बसी अनुमोदन गरेर विज्ञप्तिमा उल्लेख छ। रास्वपामा डा स्वर्णिम वाग्ले र अर्याल उपसभापति छन्। तर, रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए। जिम्मेवारी दिनका लागि रवि लामिछानेज्यूबाट सिफारिस गरिएको र सचिवालय बैठकले पारित गरेको हो। कास्की अदालत परिसरमा स्रेस्तेदारको उपस्थितिमै उहाँले सिफारिस गर्नुभयो र कानुनी प्रक्रिया मिलाएर उहाँलाई जिम्मेवारी दिइएको हो, उनले भने। त्यसअघि हिरासतबाटै पार्टी चलाउँदै र आफ्ना पक्षमा पार्टीका नाममा विभिन्न सभा र जुलुस सञ्चालनको निर्देशन दिँदै आएका थिए। पार्टीले लिनुपर्ने हरेक निर्णयमा नेताहरू परामर्श लिन पोखरा पुग्थे। रविकै निर्देशनमा बैठकहरू बस्ने गरेका थिए। रविले सोमबारबाट भने औपचारिक रूपमै आफ्नो अनुपस्थितिमा सम्पूर्ण काम गर्नु भनेर अर्याललाई पत्र थमाए। त्यसो त कार्यवाहकको जिम्मेवारी पाएका अर्याल यसअघि पनि कार्यवाहक नै थिए। रास्वपाको विधानमै सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको जिम्मेवारी तोक्ने व्यवस्था छ। विधानको धारा २४ (३ को २) ‘घ’ मा दुईमध्ये उमेरमा ज्येष्ठ वा सभापतिले तोकेका उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको कार्य गर्ने उल्लेख छ। सभापतिले नतोकेको अवस्थामा विधानबमोजिम ज्येष्ठ उपसभापति वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुपर्ने हो। किन कि उमेरले अर्यालभन्दा अर्का उपसभापति वाग्ले जेठा हुन्। नागरिकता विवरणअनुसार, अर्याल वि।सं। २०३१ साल ६ भदौ गते जन्मिएका हुन् भने वाग्ले ०३१ जेठ १६ गते जन्मिएका हुन्। त्यतिमात्र हैन, पार्टीमा अर्याल अलि बढी हावी छन्। वाग्लेलाई दिइएको जिम्मेवारीमासमेत अर्यालले हस्तक्षेप गर्ने गरेका छन्। कार्तिक १० को केन्द्रीय समितिले अर्याललाई आन्दोलन नेतृत्व गर्न र वाग्लेलाई संवादको जिम्मेवारी तोकेको थियो। तर, वाग्लेलाई समेत थाहा नदिए अर्याल प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक भेट्न पुगेका थिए। रविसँग अर्याल वाग्लेभन्दा निकै निकट मान्छिन्। उनीहरूबीचको सम्बन्ध रास्वपा गठन हुनु अघिदेखिको हो। रवि टेलिभिजन प्रस्तोता र अर्याल इजिलिंक रेमिट्यान्स कम्पनीमा आबद्ध हुँदादेखि नै उनीहरू एकअर्कासँग नजिक थिए। अर्यालले उक्त रेमिट्यान्स कम्पनीको गुडविल एम्बेस्डर रविलाई बनाएका थिए। रविले पनि पार्टी खोल्दा अर्याललाई उपसभापति बनाए। दुईरदुई पटक श्रममन्त्री बनाएर थप गुण तिरे। त्यसैले पनि पार्टीभित्र रविको ुएसम्यानु मानिने अर्याल रविकि निर्देशनमा कार्यवाहक सभापति तोकिए। त्यसो त सामान्यतया दैनन्दित पार्टी गतिविधि सम्हाल्न शीर्ष नेतृत्व नहुँदा दलहरूले कार्यवाहक प्रमुख तोक्ने गर्छन्। तर, रास्वपाले भने रविविरुद्ध मुद्दा दर्ता नहुन्जेल कार्यवाहक सभापति तोकेन। रवि पक्राउ परेको भोलिपल्ट कात्तिक ३ मा रास्वपाको औपचारिक बैठक बसेको थियो। बैठकको सभापतित्व पार्टीका उपसभापति अर्यालले नै गरे। बैठकले देशभर रवि पक्राउ विरुद्ध आन्दोलन गर्ने निर्णय गर्यो। त्यसपछि रास्वपा नेताहरू रविलाई भेट्न र आन्दोलन गर्न पोखरा हानिए। पोखारामै विरोध सभापछि तत्कालीन कार्यवाहक उपसभापति अर्यालले भनेका थिए, ुम यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो। यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो। त्यसको अर्थ रविले त्यसबेला कसैलाई पनि कार्यवाहक दिन मानेका थिएनन्। बरू रेशम चौधरीको उदाहरण दिँदै जेलमा छँदा पनि पार्टी चलाउन सक्ने भनेर नेताहरूलाई जवाफ दिएका थिए। तर, सोमबारबाट भने रवि बाध्यकारी भए। अनि अर्यालको काँधमा सभापति, महामन्त्री र प्रवक्ता तीनै पदको जिम्मेवारी आयो। यसअघि तत्कालीन महामन्त्री तथा प्रवक्ता मुकुल ढकालमाथि कारबाही चलाउँदै रविले आफू अनुकूल पात्रलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारी दिएको मुकुलले आरोप लगाइरहेका छन्। अहिले रास्वपाको कार्यवाहक पाउने महामन्त्रीमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्तामा सांसद मनिष झाले कार्यवाहक छन्। अब रविको सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रास्वपा कार्यवाहकहरूले नै चलाउने छन्।
२०८१ पुष ११
ताजा नेपाल
२०८१ पुष ११
ताजा नेपाल
२०८१ पुष ११
ताजा नेपाल