Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज ९बुधबार० रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरेका छन् । पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् । उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुनेछ । जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ । रविविरुद्ध बहस गरेका वकिलहरूले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । प्रमाण नष्ट हुनसक्ने भन्दै रविलाई थुनामै राख्नुपर्ने उनीहरूको तर्क छ ।
२०८१ माघ २
ताजा नेपाल
२०८१ माघ २
ताजा नेपाल
२०८१ माघ २
ताजा नेपाल