Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविले तिरे प्रचण्डको गुन

काठमाडौं । राजनीतिक प्रतिस्पर्धामा हिजो लागेको गुन बिर्सिन्छ भन्ने कुरा यस पटक पढेलेखेको वर्गको व्याख्या गर्ने रास्वपाले देखायो । सभापति धेरै पढेका होइनन् । अरुले तयार पारेको स्क्रिप्ट टेलिभिजनमा प्रस्तुत गर्दा आकर्षक पार्ने प्रस्तोता हुन् । व्यवसायमा आधारित रास्वपाको पुरानो टिममा रविकै छनोटले डा. ढकाराम श्रेष्ठ भिœयाइए । उनले मन्त्रीबाट काम लिन सम्बन्धनमा पर्नु पर्ने बिएन्डसीका लगानीकर्ता दुर्गा प्रसाईसँग पैसाको डिल गरेको भिडियो च्याटनै सार्वजनिक भएपछि सांसद पद खोसियो ।
पुराना भ्रष्ट हामी स्वच्छ भन्दै आएका रविको छवि त्यही उदांगियो । नक्कली कर्ममा उनी सफल भए दुईथरि नागरिकता दुईथरि पासपोर्टले सांसद पद नै गएपछि कानुनी प्रक्रिया पुरा गर्दै उनले नागरिकता लिए । उपचुनाव पनि जिते । उनको क्रेजमाथि प्रहार गर्न काँग्रेस, एमालेले सहकारी ठगी, सम्पत्ति सुद्धिकरण, संगठित अपराध जस्ता आरोपमा जेल पठाए । सहकारीका ५ वटा एकै प्रकारका मुद्दामा उनी डामिए । जबकि उनै आफैंले सहकारीबाट ऋण लिएको देखिएन । अहिले पनि रवि लामिछाने, बालेन शाहको हाइहाईले सबैभन्दा पीडा एमाले अध्यक्ष र काँग्रेसका सभापतिलाई सताएको छ ।
एजेन्डा र मुद्दा मिलेका दलहरूकाबीचमा गठबन्धन हुन्छ काँग्रेसको देउवा समूह शक्तिमा थियो भने एमाले काँग्रेसले खास क्षेत्रमा तालमेल गर्ने अवस्था थियो । किनकि देउवाले ओलीको लालीपपमा संसद पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट हाल्न लगाएका थिए । तर डा. शेखर समूह र सभापति थापाले निर्वाचनलाई जोड दिँदा पार्टी निर्णयकै विरुद्ध देउवा समूह उठेको थियो । आज सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई दबाव दिँदै अदालतमा हस्तक्षेप गर्ने दाउमा देउवा समूह लागेको छ । जुन समूह पार्टीभित्रै कमजोर भए पनि आफ्नो शक्ति क्षय भएको स्वीकार गर्न सकेको छैन ।
तीन ठूला महासेठहरू शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहालकाबीचमा आफ्ना उम्मेदवारलाई सहिद बनाएर झापा ५ र सप्तरी ४ जस्ता ठाउँमा भोट खन्याउने निर्णय गर्ने हल्ला पिटाइँदैछ । झापामा ओली चेपुवामा परेका छन् । उनी विरुद्ध रावस्पाका वरिष्ठ नेता बालेन शाह नेकपाका रञ्जित तामाङ जस्ता युवाहरू उत्रेका छन् । टिकट वितरणमै पक्षपात गरेका ओलीले पार्टीमा देखाएको दादागिरी गृह जिल्लामा देखाउन मुस्किल छ । उनले झण्डै २ अर्ब खर्चेर भ्युटावर बनाए । जग्गा दलालहरूको स्वार्थ पूरा गरे । तर झापाली जनतालाई गतिलो अस्पताल बनाउनुपर्छ भन्ने सोचेनन् । उनकै गृह गाउँमा मेची पुलको भाग सधैं हुन्छ । ४ पटक प्रम बन्दा ओलीले त्यता ध्यान दिएनन् ।
बालेनमा छुद्रता छैन । रविको पक्षमा संसदमै बालेन सरकारको पूर्वाग्रही प्रवृत्तिको विरोध गरेका प्रचण्डलाई रविले चितवन ३ मा रेणु दालहासँग प्रतिस्पर्धा गर्न सोभिता गौतमलाई पठाएर गुन तिरेको क्षेत्र हो । अहिले रविले गरेको निर्णयले उनको लागि भोलि सत्ता गठबन्धन गर्ने ठाउँ राखेन । किनकि एमाले र काँग्रेस अझ पनि मिल्न सक्छन् ।