Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविले भने, २०८४ को चुनावमा सकिने पालाे कि भ्रष्टकाे कि हाम्राे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर बन्द हुने बताएका छन् । उनले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् । शनिवार दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न पनि ठूला दलहरूलाई आग्रह गरे । जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरू एक ठाउँमा रहन नसक्ने भन्दै उनले २०८४ को निर्वाचनले कि आफूहरूको कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने पनि बताए । सभापति लामिछानेले अहिले सरकारले भष्ट्राचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गरेको टिप्पणी गरे । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्न र आफ्नो लाज ढाक्नलाई मात्र समय खर्चिएको भन्दै राष्ट्रिय पार्टीको चिन्ता भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन र काम गर्न पनि आग्रह गरे ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल