Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि र निकिता एउटै जहाजमा पोखरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् । रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन्, तर रवि र निकिता फरक फरक सिटमा छन् । रविलाई पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान कास्कीको हिरासतमा रहेदेखि पत्नी निकिता पनि धेरै समय पोखरा नै बस्दै आएकी छन् । रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।


सम्बन्धित समाचार

सिमेन्टको मूल्य घटाउने सहमति

२०८१ मंसिर २६

ताजा नेपाल