Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रहेनन् राष्ट्रकवि घिमिरे

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।